विपन्न परिवारलाई बेमौसमी तरकारी खेती « Khabarhub

विपन्न परिवारलाई बेमौसमी तरकारी खेती


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नं ३ मा साढे दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवद्र्धन गरेको छ ।

दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करीब २१ लाखको खर्चमा टनेलमार्फत खेती प्रवद्र्धनमा जोड दिँदै आएको वडाध्यक्ष नवीन बरालले बताए ।

आफ्नो नाममा एक धुर पनि जमीन नभएकी पवित्रादेवी चम्लागाईंले नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेती गर्दा अहिले मनग्य आम्दानी गर्न थालेको बताए । उनी जस्तै १७ घरपरिवारलाई नगरपालिकाले गरीबी न्यूनीकरणका लागि कृषि उपार्जन सहयोग गरेको छ ।

अर्ग्यानिक बेमौसमी तरकारी बालीमा सहयोग गरेकाले उत्पादित तरकारीले राम्रो बजार र आम्दानी लिने गरेको कृषि समूहका अध्यक्ष भगिरथ अधिकारीले बताए ।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई टनेल तथा सोलार सिँचाइ राखेर आफ्नो मेहेनत आफ्नै कमाइ हुने अवस्था सिर्जना गरेकाले त्यस वडास्थित साधुथान बस्तीका विपन्न समुदाय कृषिमा आत्मनिर्भर बन्न थालेका र त्यसले समुदायको आर्थिक सशक्तीकरणमा सघाउ पुग्दै आएको वडाध्यक्ष बरालले भनाइ छ ।

उनका अनुसार समूहले अग्र्यानिक तरकारी उत्पादन थालेको र ती उपभोग्य उत्पादित वस्तु दमकका बजारमै खपतसमेत हुन थालेका छन् । नगरलाई अग्र्यानिक कृषि उत्पादनमा प्रोत्साहन गर्न पनि यस्ता कृषि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : ३४ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले