पारस र सन्दीपको सम्बन्ध बिग्रिएको हो ? | Khabarhub Khabarhub

पारस र सन्दीपको सम्बन्ध बिग्रिएको हो ?


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा पाएको सफलताले उनी चर्चाको शिखरमा छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रदर्शनलाई लिएर चर्चा भइरहेपनि यतिबेला नेपालमा भने उनले राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सामाजिक सञ्जालबाट हटाएको (अनफलो) गरेको विषयले चर्चा पाइरहेको छ ।

नेपाली टोली बुधबारै सिंगापुर र ओमान सिरिजका लागि विदेश यात्रामा रहँदा कप्तान पारस र लेग स्पिनर सन्दीपबीचको सम्बन्धलाई लिएर नेपालमा चर्चा चलिरहेको छ ।

नेपाली खेलाडीबाट सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलोअर पाएका सन्दीपले सिमित व्यक्तिहरुलाई मात्रै फलो गरेका छन् ।

अहिले उनको ट्वीटर ह्यान्डलमा १ लाख ६२ हजार ५ सय फलोअर छन् भने उनले १८ जनालाई फ्लो ब्याक दिएका छन् ।

त्यसमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी, सुवास खकुरेल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासलगायतका खेलाडीसहित केही विदेशी खेलाडीलाई उनले फ्लो गरेका छन् ।

तर, केही समय अगाडिसम्म कप्तान खड्कालाई पनि फलो गरेका सन्दीपको फ्लोइङ लिष्टमा अहिले खड्का छैनन् । यता, सन्दीपको इन्स्टाग्राम अकाउन्टमा पनि कप्तान खड्का अनफ्लो भएका छन् ।

१ लाख ३९ हजार फलोअर्स रहेको इन्स्टाग्राम अकाउन्टमा सन्दीपले क्रिकेटसँग सम्बन्धीत २२ जनालाई फलो गरेका छन् ।

सन्दीपको फलोअर लिष्टमा कप्तान खड्का नभएपछि नेपाली क्रिकेट समर्थकहरु पनि सन्दीपप्रति आक्रोसित भएका छन् ।

यसरी कप्तान र टोलीका अनिवार्य खेलाडी सन्दीपबीच के सम्बन्ध बिग्रिएको हो ? भन्ने जस्ता प्रश्न क्रिकेट समर्थकले गर्न थालेका छन् । विदेश भ्रमणमा निस्किन लागेको नेपाली टोलीका दुई महत्वपूर्ण खेलाडीबारे विवाद पहिलो पटक बजारमा आएको हो ।

क्यानका एक पूर्व पदाधिकारीका अनुसार भने पछिल्लो समय पारस र सन्दीपको सम्बन्धमा केही समस्या देखिएको छ ।

‘अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाएसँगै सन्दीपको व्यवहारमा केही परिवर्तन आएको छ,’ श्रोतले भन्यो,’ नेपाली सिनियर खेलाडी प्रति उनको व्यवहारमा पनि परिवर्तन देखिएको छ, यसले गर्दा पारस र उनीबीच समस्या भएको हुन सक्छ ।’

सामाजिक सञ्जालमा प्रशंसकले यस्तो चर्चा चलाइरहँदा यी खेलाडीबीचको सम्बन्ध बिग्रकोबारे आफूलाई जानकारी नभएको नेपाली राष्ट्रिय टोलीका क्रिकेट एनालिसिस्ट रमन शिवाकोटीले बताए ।

‘सामाजिक सञ्जालमा फलो अनफलोबारे मलाई धेरै थाहा हुँदैन । त्यसरी खुल्ने गरि मैले चाहीँ सम्बन्ध बिग्रेको सुनेको छैन्,’ शिवाकोटीले भने,‘अब अहिले यी दुई खेलाडीबीच भेट भएको छैन् । सिंगापुर पुगेपछि थाहा होला के भएको हो ।’

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ११ : ५३ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप