गुरुङद्वारा एनआरएनए युरोप उपसंयोजकमा उमेदवारी घोषणा « Khabarhub

गुरुङद्वारा एनआरएनए युरोप उपसंयोजकमा उमेदवारी घोषणा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेन- गैर आवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप-संयोजक पदमा स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्त बहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए स्पेनको नेतृत्व सफलता पूर्वक सम्हालिसकेका गुरुङले संघको नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्रको लागि उप-संयोजक पदमा स्पेनबासीको माग र चाहना अनुसार उम्मेदवारी दिएको बताए ।

गुरुङले २०१७ -२०१९ कार्यकालमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य भइ एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन् ।

डेढ दशक भन्दा लामो समयदेखि विभिन्न सामाजिक संघ संस्था हुदै एक दशक देखि एनआरएन अभियानमा निरन्तर रूपमा प्रत्यक्ष संलग्न हुँदै आएका छन् ।

स्पेनबासी नेपाली समुदायहरूको सार्वजनिक रूपमा भेला छलफल बैठक बस्ने स्थान नभएको अवस्थामा एनआरएनए स्पेन अध्यक्ष पदमा गुरुङको आगमन संगै एनआरएनए स्पेनले आफ्नो कार्यकाल स्थापना गर्न अहोरात्र मेहनत पश्चात सफल भएको बार्सिलोनामा लामो समय देखि बस्दै आएका युवराज खनाल बताउँछन् ।

अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य भइ सकेका गुरुङले युरोप क्षेत्रका लागि आफ्नो उमेदबारी दिनु स्वभाबिक रहेको एनआरएनए अभियान्ताहरू बताउँछन् ।

युरोपभर रहेका एनआरएनए संस्थाहरू भन्दा अग्रस्थानमा एनआरएनए स्पेन अति सक्रिय एनसीसी समेत रहेको छ ।

सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय उनी २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै निर्विवाद उपाध्यक्ष पदमा रही काम गरेका थिए। सन् २०११-२०१३ को कार्यकालमा संघको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका गुरुङलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को बिभिन्न कार्यदलमा रही सफलतापुर्वक काम गरेको राम्रो अनुभव समेत रहेको छ ।

उनले सन् २०१५-२०१७ एनआरएनए स्पेनको नेतृत्व सफलता पुर्वक समालेका थिए भने सन् २०१७-२०१९ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत हुन ।

आइसिसि सदस्य समेत रहेका मुक्त बहादुर गुरुङले झोलामा रहेको एनआरएनए स्पेनलाई सबैलाई भेटघाट तथा चाडपर्व मनाउन सजिलो होस् , भैइपरी आउने समस्यालाई निराकरण गर्ने उद्देश्यका साथ छिटो छरितो भेटघाट होस् भन्ने उद्देश्यका साथ बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ बर्ष देखि निरन्तर रूपमा संचालनमा आएको छ।

नेपाली दुतावास स्पेनमा स्थापनार्थ गुरुङले एनआरएन लगायत विभिन्न राजनीतिक दलका भातृ संगठनहरूलाई साथमा लिएर पटक पटक नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकै अवस्थामा गुरुङले नेतृत्व सम्हालेकै समयमा नेपाल सरकारले स्पेनमा नेपाली दूताबास स्थापना गरेपछि गुरुङ खुसिले गदगद भएका थिए ।

स्पेन पर्यटनको बढि सम्भावना भएकोले नेपाली दुतावास संगको सहकार्यमा नेपालमा पर्यटन भित्र्याउन सरकारको योजना संगै सबैलाई जोडेर अघि बढ्नुपर्ने अवस्था आफ्नो उम्मेदवारी रहेको गुरुङले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : २५ बजे

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा