प्रहरीका ३ जना एआईजीको सरुवा « Khabarhub

प्रहरीका ३ जना एआईजीको सरुवा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी प्रशिक्षण प्रतिषठनमा रहेका एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

कार्य तथा अपराध अनुसन्धान विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा भएको छ । यद्यपि, उनलाई काजमा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । एआईजी बस्नेत यसअघि पनि सुरक्षा परिषद सचिवालयमै काजमा थिए ।

अर्का एआईजी ठूले राई मानव स्रोत तथा प्रशासन विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ५९ बजे

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी