सिंगापुर जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई « Khabarhub

सिंगापुर जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक शृङ्खला खेल्न सिंगापुर जाने नेपाली टोलीको विदाई गरिएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले १५ सदस्यीय नेपाली टोलीसहित प्राविधिक टोलीको विदाई गरेका हुन् । राष्ट्रिय टोली बुधबारै बेलुकी ८ बजे सिंगाप‍ुर प्रस्थान गर्दैछ ।

जिम्बाबे, सिंगापुर र नेपालले खेल्ने शृङ्खलाका लागि यसअघि नै कप्तान पारस खड्काको नेतृत्वामा १५ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।

अधिकाशं युवा खेलाडी रहेको टोलीमा सिनियर खेलाडीहरुमा कप्तान खड्का र विनोद भण्डारी रहेका छन् । नेपालले जिम्बाबे र सिंगापुरसँग २–२ खेल खेल्नेछ ।

नेपालले सेप्टेम्बर २७ मा जिम्बाबेसँग खेल्नेछ भने २८ मा सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर १ मा जिम्बाबेसँग र २ मा सिंगापुरसँग खेल्नेछ ।

त्यहीँबाट नेपाल ओमानमा हुने पाँच देशबीचको खेलका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : १२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण