सिंगापुर जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई « Khabarhub

सिंगापुर जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक शृङ्खला खेल्न सिंगापुर जाने नेपाली टोलीको विदाई गरिएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले १५ सदस्यीय नेपाली टोलीसहित प्राविधिक टोलीको विदाई गरेका हुन् । राष्ट्रिय टोली बुधबारै बेलुकी ८ बजे सिंगाप‍ुर प्रस्थान गर्दैछ ।

जिम्बाबे, सिंगापुर र नेपालले खेल्ने शृङ्खलाका लागि यसअघि नै कप्तान पारस खड्काको नेतृत्वामा १५ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।

अधिकाशं युवा खेलाडी रहेको टोलीमा सिनियर खेलाडीहरुमा कप्तान खड्का र विनोद भण्डारी रहेका छन् । नेपालले जिम्बाबे र सिंगापुरसँग २–२ खेल खेल्नेछ ।

नेपालले सेप्टेम्बर २७ मा जिम्बाबेसँग खेल्नेछ भने २८ मा सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर १ मा जिम्बाबेसँग र २ मा सिंगापुरसँग खेल्नेछ ।

त्यहीँबाट नेपाल ओमानमा हुने पाँच देशबीचको खेलका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : १२ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार