बजार अनुगमन टोलीद्वारा म्याद नाघेका खाद्य सामग्री जफत « Khabarhub

बजार अनुगमन टोलीद्वारा म्याद नाघेका खाद्य सामग्री जफत


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- जिल्ला अनुगमन समितिले सदरमुकाम धादिङबेंसी बजार क्षेत्रमा अनुगमन गरी अखाद्य वस्तु र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ ।

अनुगमन टोलीले उपभोग्य सामग्रीका पसल, होटल, किराना पसल, मिठाइ पसल गरी १० वटा पसलमा अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा पसलका लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्य वस्तु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, विभिन्न प्रकारका पेयपदार्थ, रङ प्रयोग गरी बनाइएको जेरी मिठाइका परिकारलगायतका सामग्री भेटिएको समितिका संयोजक अर्जुनप्रसाद शर्माले बताए ।

उनले जफत सामग्री नष्ट गरिएको बताए । चाडबाडको समयमा मात्र अनुगमन गर्ने गरिएकामा अब नियमित अनुगमन गरिने र होटललाई मापदण्डका आधारमा स्टिकरसमेत वितरण गरिने योजना रहेको शर्माको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : १२ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले