जुम्लामा मनपरी गाडी भाडा « Khabarhub

जुम्लामा मनपरी गाडी भाडा


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला बजारबाट कनकासुन्दरी गोठिज्युला सञ्चालन हुने साना सवारी साधनले मनपरी भाडा असुल्ने गरेको पाइएको छ । गाडीहरुले मनपरी शुल्क असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

लासीबाट बजारसम्म पहिले एक सय रुपैयाँमा यात्रु ओसार्ने गाडीहरुले अहिले दुई सय रुपैयाँ भाडा लिने गरेको स्थानीयवासी उमेश बुढाले जानकारी दिए ।

अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रु आवतजावत गर्न बाध्य भएको बुढाको भनाइ छ । अप्ठ्यारो बाटोमा क्षमताभन्दा बढी यात्रु राखेर गाडीहरु सञ्चालन हुने गरेको उनले बताए । “जुवाडाम रहेको प्रहरी चौकी नजीक आएपछि यात्रुहरु झार्ने गरिन्छ”, बुढाले भने, “कोटाभिड नजीक पुगेपछि पुनः यात्रु राखेर बजार ल्याउने गरिएको छ ।” यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उनले विरोध जनाए।

लासीबाट बजारसम्म र बजारबाट लासीसम्म जाने साना गाडीहरुले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन हुने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनमाथि निगरानी नगर्दा सवारी सञ्चालकले मनपरी भाडा असुल्ने गरेका हुन् ।

यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताको गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी शुल्क लिने गरेको गुनासो गरेका छन् । सवारी चालक र सवारीधनीले पातारासी ‘रुट’मा मनपरी भाडा असुली रहँदा पनि प्रहरी चुप हुँदा यात्रुहरुले दुःख पाएका हुन् ।

ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारीधनीले भाडा असुल्ने गरेको शिवा बुढाले गुनासो गरे। टिकट काट्ने काउन्टरको व्यवस्था नभएका कारण बीच बाटामै यात्रुबाट रकम लिने गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ९ : १३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले