नेकपाले बैतडीमा उम्मेदवारको टुङ्गो लगायो « Khabarhub

नेकपाले बैतडीमा उम्मेदवारको टुङ्गो लगायो


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैताडी– अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ ।

नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

पीपलकोटमा सम्पन्न नेकपा दोगडाकेदार गाउँपालिका कमिटीको बैठकबाट भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको उनले बताए ।

छनोट भएका उम्मेदवार नेकपा दोगडाकेदार–४ का प्रस्तावित वडा कमिटी अध्यक्ष हुन् । उनी यसअघि पूर्वएमाले रहेका थिए ।

यस्तै बैठकले यही कात्तिक २० गते पीपलकोटमा चुनावी आमसभाको आयोजना गर्नेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन हुन लागेको हो ।

अन्य वडाहरुमा कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । उम्मेदवार छनोटका लागि विभिन्न पार्टीले आन्तरिक तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ३१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट