यस्तो छ टीभीएसको नयाँ एनटर्क-१२५, चाँडै नेपाली बजारमा उपलब्ध हुने « Khabarhub

यस्तो छ टीभीएसको नयाँ एनटर्क-१२५, चाँडै नेपाली बजारमा उपलब्ध हुने


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय निकै लोकप्रिय बनेको टीभीएस एनटर्क १२५ को २०२० भर्सन चाँडै नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

स्कुटर अफ द इयरको अवार्ड जितेको टीभीएस एनटर्क १२५ को नयाँ मोडल भारतमा सार्वजनिक गरिएको हो । पहिलो पटक सार्वजनिक भए लगत्तै बजारमा लोकप्रिय बनेको यो स्कुटरको फेसलिफ्ट मोडल सावजनिक गर्ने कम्पनीले तयारी गरिरहेको छ ।

अक्टोवर १८ र १९ मा भारतको गोवामा सम्पन्न भएको टीभीएस माटो शोल २०१९ मा नयाँ एनटर्क २०२० को प्रदर्शनी गरिएको थियो ।

एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ । हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको हो ।

एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।

कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा पनि यो स्कुटर चाँडै भित्रिने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : ४८ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक