यस्तो छ टीभीएसको नयाँ एनटर्क-१२५, चाँडै नेपाली बजारमा उपलब्ध हुने « Khabarhub

यस्तो छ टीभीएसको नयाँ एनटर्क-१२५, चाँडै नेपाली बजारमा उपलब्ध हुने


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय निकै लोकप्रिय बनेको टीभीएस एनटर्क १२५ को २०२० भर्सन चाँडै नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

स्कुटर अफ द इयरको अवार्ड जितेको टीभीएस एनटर्क १२५ को नयाँ मोडल भारतमा सार्वजनिक गरिएको हो । पहिलो पटक सार्वजनिक भए लगत्तै बजारमा लोकप्रिय बनेको यो स्कुटरको फेसलिफ्ट मोडल सावजनिक गर्ने कम्पनीले तयारी गरिरहेको छ ।

अक्टोवर १८ र १९ मा भारतको गोवामा सम्पन्न भएको टीभीएस माटो शोल २०१९ मा नयाँ एनटर्क २०२० को प्रदर्शनी गरिएको थियो ।

एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ । हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको हो ।

एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।

कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा पनि यो स्कुटर चाँडै भित्रिने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ९ : ४८ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष