स्वस्तिमाले एकै वर्षमा ३ फ्लप फिल्म दिने त होइनन्? « Khabarhub

स्वस्तिमाले एकै वर्षमा ३ फ्लप फिल्म दिने त होइनन्?


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काको फिल्म ‘बुलबुल’ ले व्यावसायिक सफलता हासिल गर्न नसके पनि समीक्षात्मक रुपमा भने खुबै चर्चा कमायो । फिल्मको तारिफ भयो ।

‘बुलबुल’मा स्वस्तिमाले गरेको अभिनयको खुलेर तारिफ गरियो । एक टेम्पो चालक युवतीको भूमिकामा देखिएकी स्वस्तिमाले फिल्ममा साँच्चिकै दमदार अभिनय गरेकी थिइन् ।

यसपछि भने उनले अभिनय गरेका फिल्म निरन्तर फ्लप भइरहेका छन् ।

यस वर्ष स्वस्तिमाको शीर्ष भूमिका रहेका दुई फिल्म प्रदर्शन भइसकेका छन् । भदौमा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ र कार्तिकमा प्रदर्शनमा आएको फिल्म ‘घामड शेरे’ दुवै व्यावसायिक रुपमा असफल रहे । यी फिल्ममा स्वस्तिमाले खासै कमाल देखाउन सकिनन् ।

फिल्ममा खासै सफल हुन नसके पनि स्वस्तिमाका हातमा फिल्म छन् । केही दिनअघि छायांकनमा गएको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का व्यस्त छिन् । फिल्ममा उनको शीर्ष भूमिका रहनेछ ।

यो फिल्म आउँदो चैत्र २८ गतेदेखि प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । यो मितिमा वर्षको प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ पनि प्रदर्शनमा आउँदैछ । ‘प्रेमगीत ३’ ले पनि फिल्म राम्रो बनाउन ठूलै कसरत गरिरहेको छ ।

फिल्म ‘चपली हाइट ३’ को शुभमुहूर्तमा कलाकारहरु ।

‘चपली हाइट ३’ मा स्वस्तिमाका अलावा, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ । फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।

स्वस्तिमा पनि यो फिल्मबाट पक्कै आशावादी छिन् । त्यसो त स्वस्तिमा कुनै पनि फिल्मबाट खासै आशा नराख्ने बताउँछिन् । एउटै वर्ष ३ फिल्म दिन लागेकी स्वस्तिमाको ‘चपली हाइट ३’ पनि चलेन भने स्वस्तिमाले एकै वर्ष तीन असफल फिल्म दिनेछिन् ।

अर्जुन कुमारले निर्माण गरिरहेको फिल्म ‘चपली हाइट ३’ ले बक्स अफिसमा राम्रो व्यापार गर्ने आशा गरिएको छ । यसअघिका दुई भागमध्ये पहिलो भागले राम्रो कमाइ गरेको थियो भने दोस्रो भागले भने आशा गरिएअनुरुप कमाइ गर्न सकेको थिएन । ‘चपली हाइट ३’ भने कस्तो बन्नेछ भनेर दर्शकले प्रतीक्षा गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : २२ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक