गढीमाईमा पशुबली रोक्ने अभियानकर्ता नै मासु खाँदै भेटिएपछि स्थानीयले यसरी लखेटे [भिडियो] « Khabarhub

गढीमाईमा पशुबली रोक्ने अभियानकर्ता नै मासु खाँदै भेटिएपछि स्थानीयले यसरी लखेटे [भिडियो]


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको गढीमाईमा एक महिनासम्म चल्ने गढीमाई मेला अहिले जारी छ । यो मेलामा हुने पशुबलीले गढीमाई मेला चर्चित छ ।

यहाँ मेला शुरु भएपछि पशुअधिकार कर्मी तथा बलिप्रथा अन्त्य गर्ने अभियानकर्मी गढीमाई पुग्ने गर्छन् । यही अभियान लिएर गढीमाई पुगेको एक टोली होटलमा मासुभात खाएको भेटेपछि स्थानीयले उनीहरुको अभियान र व्यवहारको विषयलाई सोधेका छन् ।

यो घटना  गत असोज १२ गतेको हो । बली रोक्ने अभियानमा आएका अभियानकर्ताले वीरगञ्जको होटल भिसुवामा मासु खाइरहेका थिए ।

मासु खाइरहेको देखेपछि स्थानीयले सोधखोज मात्र गरेनन् । उनीहरुले बोलेको कुराको भिडियो खिचे र सामाजिक सञ्जालमा राखे । यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पशुबली विरुद्ध अभियान गरेकाहरु नै होटलमा मासु खाँदै गरेको अवस्थामा फेला परेपछि उनीहरुलाई स्थानीयले लखेटेको छन् । होटलमा मासु भात खाँदै गरेको भिडियो खिच्नेले पशुबली नगर्ने भनेर आवाज उठाउने ले किन मासुभात खाने भनेर प्रश्न गरेका छन् ।

उनीहरुले प्रश्नमात्र नगरी होटलवाट लखेट्दै बाहिर निकालेको दृश्य भिडियोमा देखिन्छ । अभियानमा सहभागीविरुद्ध स्थानीयबासी उत्रिएपछि उनीहरुको व्यवस्थापन गर्न सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको देखिन्छ ।

बाराको गढीमाई मेलामा एक महिनासम्म चल्ले मेला पशुबलीकै कारण विश्वप्रसिद्ध छ । एक सातादेखि गढीमाई मेला शुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा यो मेला लाग्ने गर्दछ । मेलाको मुख्य आकर्षण भनेकै पशुबली हो । विभिन्न मनोकामना पुरा गर्न यो मन्दिरमा बली दिइन्छ । निकै भिड रहने यो गढीमाई मन्दिरमा मेला शुरु हुनु दुई साता अघि देखि नै मेला भर्न आउने गर्छन् ।

बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भए पनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने प्रष्ट्याएको छ । देशविदेशबाट लाखौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु आउने यस मन्दिरमा यो वर्ष १५ हजार भन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिको छ । सोमवारदेखि शरु यो मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन शुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ४ : २७ बजे

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका