संवैधानिक परिषदलाई सरकारले शाही आयोग जस्तो बनाउन खोज्योः सभापति देउवा « Khabarhub

संवैधानिक परिषदलाई सरकारले शाही आयोग जस्तो बनाउन खोज्योः सभापति देउवा


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश कांग्रेसलाई मान्य नहुने बताएका छन् ।

विराटनगरमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले सरकारले संवैधानिक परिषदलाई शाही आयोग जस्तो बनाउने खोजेको आरोप लगाउँदै अध्यादेश कांग्रेसलाई मान्य नहुने बताएका हुन् ।

उनले भने, ‘२०४८ सालदेखि चलिआएको संवैधानिक परिषदसम्बन्धी ऐन अहिले किन बदल्नु पर्‍यो त्यो हामीलाई मान्य हुँदैन ।’

परिषद्को बहुमतबाट संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्न सकिने गरी अध्यादेश ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। मन्त्रिपरिषद्ले पारित गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

फरक प्रसंगमा उनले भारतले नेपाली भू–भाग समेटर नक्सा जारी गरेको सन्दर्भमा प्रधानमन्त्री केपी ओलीको पनि भूमिका समेत रहेको आशय प्रकट गरेका थिए ।

‘वालुवाटारमा भएको छलफलमा भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेरेकाले सरकारलाई तत्काल नक्सा सच्याउन अघि बढ्न र आफूहरु साथमा भएको भनेका थियौं,’ उनले भने, ‘तर अहिलेसम्म सरकार खोई अगाडि बढ्न सक्यो ?’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ०५ बजे

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री