पारसले सोनिकालाई भने – धर्मका कारण हिमानीसँग ‘डिभोर्स’ गर्न मिलेन « Khabarhub

पारसले सोनिकालाई भने – धर्मका कारण हिमानीसँग ‘डिभोर्स’ गर्न मिलेन


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज पारस शाह र मोडल तथा सोनिका रोकाया केही समययता नजिक छन् । यी दुई प्रेममा रहेको चर्चा चल्ने गर्छ । यद्यपि दुवैले प्रेममा नरहेको दाबी गर्दै आएका छन् ।

यता पारस र सोनिकाको हिमचिम भने दिनप्रतिदिन बढ्दैछ । सोनिका र पारस पोखरादेखि अन्नपूर्ण बेसक्याम्पसम्म सँगै घुम्न गएका तस्वीर एकपछि अर्को गर्दै सार्वजनिक भएका थिए । सोनिकाले त अझ भिडियो ब्लग नै बनाएकी थिइन् ।

यतिबेला भने पारस र सोनिका अर्को एक कारणका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा पारस र सोनिकाको भाइबर च्याटमा कुरा भएको स्कृनशट भाइरल भएको छ ।

भाइबर च्याटमा सोनिकाले पारसलाई पूर्वयुवराज्ञी हिमानीसँग डिभोर्स गर्न लागेको हो भनेर सोधेकी छिन् । उत्तरमा पारसले होइन भन्छन् ।

सोनिकाले अङ्ग्रेजीमा सोध्छिन् – ‘किन यति धेरै समाचार? हिमानीसँग डिभोर्स हुन लागेको हो?’

पारसले धर्मका कारणले हिमानीसँग डिभोर्स गर्न नमिलेको बताउँछन् । उनले सोनिकालाई फोनमा कुरा गर्न आग्रह समेत गर्छन् ।

पारसले कसले यस्तो खबर फैलाएको छ पत्ता लगाउन अनुरोध गर्छन् ।

पारसले बरु मिडियाले गलतलाई पनि सत्य साबित गर्न खोजेको पारसले म्यासेज फर्काउँछन् ।

सोनिकाले भन्छिन् – ‘मलाई मान्छेले मेरो बारेमा के भन्छन् भन्नेमा चासो लाग्दैन तर म तपाईंलाई वास्तविक तपाईं बनाउने बाटोमा छु ।’

पारसले फेरि भन्छन् – ‘मैले के गरेको तिमी चाहन्छौ?’

त्यसपछि सोनिकाले आफूले बिहानै बुबासँग झगडा गर्नुपरेको सुनाउँछिन् ।

‘आज बिहानै मेरो बुबासँग झगडा पर्‍यो, उनीहरुलाई मैले तपाईंसँग बिहे गर्दैछु भन्ने लाग्छ, बुबालाई तपाईं र हिमानीका कारण म समस्यामा छु भन्ने लाग्छ ।’

उनको उत्तरमा पारसले ‘ओएमजी’ भन्छन् ।

यो च्याटको स्किृनशट सामाजिक सञ्जालमा छाएको छ । पछिल्लो समय पारस र सोनिकाको हिमचिम बढेपछि पूर्वराजपरिवारसँग पारसको समबन्ध राम्रो छैन । यता हिमानी भने पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छिन् । उनको पारससँग सम्बन्ध राम्रो छैन ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १ : ४६ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन