शुल्क फिर्ताका लागि मेडिकल कलेजसँग पुनः छलफल गरिने « Khabarhub

शुल्क फिर्ताका लागि मेडिकल कलेजसँग पुनः छलफल गरिने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल शिक्षाको शुल्क फिर्ताको विषयलाई लिएर शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालकसँग पुनः छलफल हुने भएको छ ।

शिक्षा मन्त्राललयमा भएको पहिलो बैठकमा निजी मेडिकल कलेजले चित्त बुझ्दो प्रतिवद्धता पेश नगरेको भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कलेज सञ्चालकहरुलाई पुनः गर्न र स्पष्ट पत्र लेख्न दिर्नेशन दिएका हुन् ।

निजी मेडिकल कलेजहरुले काठमाडौं विश्व विद्यालयको परिपत्र अनुसार नै शुल्क लिएको भन्दै समायोजन गर्न सकिने विद्यार्थीको मात्र शुल्क समयोजन गर्ने बताएका थिए । निजी मेडिकल कलेज सञ्चालकले सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएको स्वीकार गरे पनि  शुल्क फिर्ता गर्ने विषयमा प्रतिवद्धता पत्रमा स्पष्ट खुलाएका थिएनन् ।

मेडिकल कलेज सञ्चालकहरुले शुल्क फिर्ताका लागि स्पष्ट उल्लेख गरेर वार्ताका लागि तयार भएपछि शिक्षा मन्त्रालयमा फेरि बैठक बस्ने स्रोतले बतायो ।  मेडिकल कलेज सञ्चालकको पहिलो वार्ता निष्कर्ष विहीन भएपछि शिक्षा मन्त्री पोखरेलसहित गृह मन्त्री रामबहादुर थापा, महान्याधिवक्ता अग्नि खरेल,  प्रहरी महानिरीक्षक सवेन्द्र खनाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी लगायत गृह र शिक्षा सचिवको बैठक बसेको थियो । सो बैठकले निजी मेडिकल कलेजसँग पुन छलफल गर्ने निर्णय गरेको स्रोतले बतायो ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई १५ दिनको अन्तिम अल्टिमेटम दिँदा समेत शुल्क फिर्ता छैनन् ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलनपछि सरकारले कात्तिक २५ गते मेडिकल कलेज सञ्चालकहरुलाई १५ दिनभित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो ।

सरकारले दिएको अल्टिमेटम आज सकिएको छ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क फिर्ता नगरेर ठगी मुद्धामा कारबाही गर्ने सरकारले यसअघि नै चेतावनी दिएका थिए । तर सरकारले चेतावनी पछि पनि मेडिकल कलेजहरु शुल्क फिर्ता गर्न सहमत छैनन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : २९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ