पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले टिचिङ अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजा शाहले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेर आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पूर्वराजा शाहको स्वास्थ्य लाभको कामनाको सन्देश लिएर उनका निजी सचिव पशुपति भक्त महर्जन मनमोहन सेन्टरमै पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएकाले आज बिहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको एपेन्डिक्सको आजै शल्यक्रिया पछि आइसियुमा राखिएको छ । उनी अझै केही दिन अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : १३ बजे

चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित

बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका

यूरो र दिनारको मूल्य घट्यो : सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १० गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल मंसिर १० गते सोमबार तदनुसार

आज २०८१ साल मंसिर १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर १० गते सोमबार तदनुसार

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौं – प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पताल