खानेपानी तथा सरसफाई आयोजनामा लगानी गर्न कतार इच्छूक | Khabarhub Khabarhub

खानेपानी तथा सरसफाई आयोजनामा लगानी गर्न कतार इच्छूक


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार विकास कोष (कतार फण्ड फर डेभलपमेन्ट) ले नेपालका साना तथा मझौला खानेपानी र सरसफाइका आयोजनाहरुमा लगानी गर्न इच्छा व्यक्त गरेको छ ।

खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार खानेपानी मन्त्री बिना मगरसँग भएको भेटघाटमा कोषको प्रतिनिधिमण्डलले खानेपानी तथा सरसफाइका आयोजनाहरुमा लगानी जुटाउने इच्छा व्यक्त गरेको हो ।

कतार फण्ड फर डेभलपमेन्टको तर्फबाट रिम अल सुलैतीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले साना तथा मझौला आयोजनाहरुमा नेपाललाई अनुदान सहयोग गर्ने बताएको छ ।

भेटमा मन्त्री मगरले खानेपानी जस्तो विषय मानिसको आधारभूत आवश्यकतासँग जोडिएकाले कोषले देखाएको सहयोगको इच्छाप्रति टोलीलाई धन्यवाद दिइन् ।

नेपाल सरकार कोषसँग साझेदार भई कार्य गर्न इच्छुक रहेको उनले बताइन् ।

‘आवश्यकता भएका र कार्यान्वयन गर्न सक्ने योजनाहरु छनोट गरेर हामी अघि बढ्न सक्छौं ।’ मन्त्री मगरले भनिन्, ‘चाँडो कार्यान्वयन हुन सक्ने आयोजनाहरुलाई प्राथमिकता दिएर अघि बढिरहेका छौं । कतार विकास कोषसँग मिलेर हामी सँगसँगै सहकार्य गर्न तयार छौं ।’

कोषको तर्फबाट सहभागी भएको सुलैतीले शिक्षा र स्वास्थ्यजस्तै स्वच्छ खानेपानी र दिगो सरसफाइका लागि सहयोग गर्न कोष तयार रहेको बताइन्उ ।

‘सम्भाव्यता अध्ययन भईसकेका चाँडो कार्यान्वयनमा जान सक्ने आयोजनाहरुमा सहयोग गर्ने हाम्रो इच्छा छ ।’ सुलैतीले भन्नुभयो, ‘यस्ता आयोजनाहरुमा लगानी जुटाउन हामी अन्य साझेदारी संस्थासँग मिलेर पनि जान सक्छौं । दिगोपना, क्षमता विकास र रोजगारी सिर्जना गर्ने खालका आयोजनाहरुमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ९ : ०१ बजे

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

कञ्चनपुर– सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल