स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन « Khabarhub

स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारको नीति तथा कार्यक्रमा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

‘नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्‍यो । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न सहयोग गछौँ । सबै जानकारी लिएपछि मेरो नीति सार्वजानिक गर्छु,’ उनले भने ।

स्वास्थ्य सेवा विभाग मातहतका महाशाखा, शाखालगायत निकायका प्रमुखसित आज टेकुमा जानकारी लिने क्रममा मन्त्री ढकालले आफूले विधि र प्रक्रिया मिचेर केही काम नगर्ने तर विधि र प्रक्रियाबाहिर गएर कार्य सम्पादन भएमा कारवाही गर्ने बताए ।

गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच पुर्‍याउन, औषधि र उपकरणको अभाव हुन नदिन उनले स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै स्वास्थ्य सेवामा देखिएका समायोजनको समस्यालाई समाधान गर्न पहल गरिने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले हाल भइरहेको स्वास्थ्य सेवालाई छिटो र प्रभावकारी रुपमा दिन, अनुगमन र मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक बताए।

मन्त्रालयका सचिव खगराज बरालले समायोजनका जटिलताले स्वास्थ्य सेवा प्रभावित भएको चर्चा गर्दै छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक खटाएको स्थानमा गई सेवा दिनुपर्ने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.रोशन पोखरेलले प्रदेश र स्थानीय तहबीच समन्वय अभाव, समायोजनका समस्या, बजेट अभाव, स्वास्थ्य सेवा ऐन तथा नियमावली संशोधनको आवश्यकता रहेको बताए।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ९ : १७ बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र