स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन « Khabarhub

स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारको नीति तथा कार्यक्रमा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

‘नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्‍यो । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न सहयोग गछौँ । सबै जानकारी लिएपछि मेरो नीति सार्वजानिक गर्छु,’ उनले भने ।

स्वास्थ्य सेवा विभाग मातहतका महाशाखा, शाखालगायत निकायका प्रमुखसित आज टेकुमा जानकारी लिने क्रममा मन्त्री ढकालले आफूले विधि र प्रक्रिया मिचेर केही काम नगर्ने तर विधि र प्रक्रियाबाहिर गएर कार्य सम्पादन भएमा कारवाही गर्ने बताए ।

गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच पुर्‍याउन, औषधि र उपकरणको अभाव हुन नदिन उनले स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै स्वास्थ्य सेवामा देखिएका समायोजनको समस्यालाई समाधान गर्न पहल गरिने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले हाल भइरहेको स्वास्थ्य सेवालाई छिटो र प्रभावकारी रुपमा दिन, अनुगमन र मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक बताए।

मन्त्रालयका सचिव खगराज बरालले समायोजनका जटिलताले स्वास्थ्य सेवा प्रभावित भएको चर्चा गर्दै छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक खटाएको स्थानमा गई सेवा दिनुपर्ने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.रोशन पोखरेलले प्रदेश र स्थानीय तहबीच समन्वय अभाव, समायोजनका समस्या, बजेट अभाव, स्वास्थ्य सेवा ऐन तथा नियमावली संशोधनको आवश्यकता रहेको बताए।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ९ : १७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका