उपनिर्वाचनलाई निष्पक्ष बनाउन नेकपाको प्रशिक्षण « Khabarhub

उपनिर्वाचनलाई निष्पक्ष बनाउन नेकपाको प्रशिक्षण


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- आदर्श गाउँपालिका–२ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा कार्यकर्ता कसरी परिचालन गर्ने, निर्वाचनका दिन प्रतिनिधि बस्नेदेखि मतगणनासम्ममा निष्पक्षरुपमा कसरी काम गर्ने भन्नेबारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ।

निर्वाचनमा खटिने स्वयंसेवक, प्रतिनिधि, पर्यवेक्षकदेखि मतगणनास्थलमा खटिनेलगायत निर्वाचनमा परिचालन हुने कार्यकर्तालाई निष्पक्षरुपमा मतदान सम्पन्न गराउन खेल्ने भूमिकाबारे जानकारी दिन प्रशिक्षण दिइएको नेकपाका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले बताए ।

उनले भने, ‘निर्वाचनलाई कसरी निष्पक्ष बनाउने भन्ने विषयमा हामीले प्रशिक्षण दिन शुरु गरेका छौँ ।’ प्रशिक्षणमा जिल्ला उपाध्यक्ष, बुथ संयोजक, पार्टी सदस्य, क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्य सहभागी छन् । प्रदेशसभा सदस्य पूर्णा जोशी, केन्द्रीय सदस्य हर्कबहादुर सिंह र जिल्ला अध्यक्ष मल्लले प्रशिक्षण दिइरहेका छन् । कानून व्यवसायी तथा अधिवक्ता शङ्करदीप मडैले समसामयिक राजनीतिक सन्दर्भ र चुनावी मुद्दा तथा निर्वाचन कानून र बुथ एजेन्टले निर्वाह गर्नुपर्ने भूमिकाका बारे प्रशिक्षण दिएका थिए ।

यसैबीच निर्वाचनमा सक्रिय रुपमा लाग्न तथा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पनि सक्रिय भएका छन् । कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायर, पार्टी सभापति प्रदिवकुमार देउवालगायत नेता अहिले कार्यकर्ता भेटघाटदेखि चुनाबी प्रचारप्रसारमा व्यस्त छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : ०१ बजे

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका