कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : कांग्रेस « Khabarhub

कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : कांग्रेस


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न नेपाल सरकारलाई पुनः आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज एक विज्ञप्तिमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहोर्‍याउँदै त्यहाँबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने जनाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो विषयमा कूटनीतिक र राजनीतिक पहल थाल्न सरकारलाई कांग्रेसको दृढ साथ रहने दोहोर्‍याइएको छ ।

सो विषयमा नेपाल सरकारले उच्च स्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको अवस्थामा सरकारले गम्भीर कूटनीतिक पहल गरेको नसुनिएको र उच्चस्तरीय राजनीतिक संवादसमेत गरेको नदेखिएको कांग्रेसले आरोप लगाएको छ ।

‘राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने कांग्रेसको प्रस्ट मान्यता छ । त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न कांग्रेसको नेतृत्वमा देशले सफलता हासिल गर्‍यो । कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सरकारलाई देशको वास्तविक नक्सा सार्वजनिक गर्न र गम्भीर कूटनीतिक पहलकदमी गर्न अलमल किन भनी प्रश्न गर्दै उच्चस्तरीय राजनैतिक संवादमार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : २० बजे

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक