आजको सूर्य ग्रहणमा भाग्य चम्कने ४ राशि « Khabarhub

आजको सूर्य ग्रहणमा भाग्य चम्कने ४ राशि


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज खण्डग्रास सूर्यग्रहण । आजको ग्रहणका क्रममा केहि राशिलाई औसत रहने छ । ४ राशिको भाग्य भने चम्कने छ ।

यस सूर्य ग्रहणले केहि राशिमा आर्थिक तथा सामाजिक क्षेत्रमा सबैभन्दा बढि लाभ दिनेछ भने केहि राशिका ब्यक्तिलाई गुप्त धन समेत प्राप्त गराउने सम्भावना बनाउनेछ ।

ग्रहणको प्रभावले ति ४ राशिको भाग्य चम्कने निश्चित झै छ । कुन कुन हुन् सुर्य ग्रहणका कारण भाग्य चम्किने ४ राशिहरु

कर्कट राशि
आजको खण्डग्रास सुर्य ग्रहणको प्रभावले कर्कट राशिका जातकलाई निकै शुभ फल मिल्नेछ । यस पटकको सूर्य ग्रहणले शुभ सन्देश दिने छ ।

कर्कट राशिका जातकले ग्रहण अवधिभर धैर्यता राखे र कोहिसँग नबोलेमा लामो समयदेखि थालेको काममा सफलता मिल्नेछ ।

तुला राशि
यस पटकको खण्डग्रास सुर्यग्रहण तुला राशिका जातकका लागी कुनै वरदान सरह साबित हुनेछ । यस राशिका ब्यक्तिलाई ग्रहणको प्रभावले धन प्राप्तीको योग बनाउने छ ।

यदि तुला राशिका ब्यक्ति ग्रहण अवधिभरी भगवानको ध्यानमा मन लगाएर बसेमा सोचेको हरेक कुरा पुर्ण हुनेछ ।

कुम्भ राशि
कुम्भ राशिका जातकका लागी यस पटकको सूर्य ग्रहणले शुभ कार्यको थालनी गराउने निश्चित झै छ ।

सकेसम्म आफ्नो योजना अरुलाई नभनि आफ्ना अभिभावकलाई ग्रहण अवधि भित्रै सुनाएमा त्यसले मनोवाञ्छित फल दिनेछ ।

मन प्रसन्न हुने तथा जीवनमा शुभ कामको थालनी हुने भएकाले यस पटकको ग्रहणको सबैभन्दा बढि लाभ कुम्भ राशिका ब्यक्तिलाई मिल्नेछ ।

मीन राशि
मीन राशिका जातकका लागी यस पटकको खण्डग्रास सुर्यग्रहण धनयोग बनाउने तथा शुभ फल दिने संभावना बोकेर आउने छ ।

यो सूर्य ग्रहणले मीन राशिका ब्यक्तिलाई ठुलो धन हात पार्ने, गुप्त धन फेला पार्ने तथा गुमेको स्थानबाट पनि धन फर्काउने सम्भावना बनाउनेछ ।

यस सूर्य ग्रहणको प्रभावले खुशिमा वृद्धि गर्ने तथा जीवनमा सकारात्मक परिवर्तन ल्याउने मार्ग समेत खोल्नेछ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : ५३ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा