किन नांगो आँखाले सूर्यग्रहण हेर्नु हुँदैन, यो हो वैज्ञानिक कारण « Khabarhub

किन नांगो आँखाले सूर्यग्रहण हेर्नु हुँदैन, यो हो वैज्ञानिक कारण


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्यग्रहण विषयमा शास्त्रीय मान्यता एउटा भए पनि बैज्ञानिक कारण भने अलि भिन्न छ ।

शास्त्रले विभिन्न राशिअनुसार सूर्यग्रहणको प्रभाव पर्ने जनाए पनि बैज्ञानिक कारण भने राशि मात्र होइन सूर्य ग्रहणको असर जो कोहीलाई पर्ने र ग्रहण अवलोकन गर्दा सावधानी अपनाउनुपर्ने बताइन्छ ।

वैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन्।’

यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन्। क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेन्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको वर्षा भइरहन्छ ।

अमेरिकास्थित नासाले भनेको छ, ‘यी कण पूर्णतः हानिरहित भएकाले मानिसलाई कुनै असर पुर्‍यादैन।’

आज खण्डग्रास सूर्यग्रहण । विशेषज्ञहरुले ‘गर्भवतीले सूर्य ग्रहण हेर्दा बच्चामा नकारात्मक असर पुग्ने प्राचीन मान्यता छ । तर, बैज्ञानिकहरुले भने यसलाई गतल भन्दछन् ।

नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्नेबाहेक कुनै शारीरिक हानी नहुने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार ग्रहणको समयमा तयार पारिएको खाना खाँदासमेत कुनै असर पर्दैन ।

पूर्ण सूर्य ग्रहणको समय कोरोनाबाट प्रकाशका रूपमा निस्किने विद्युत् चुम्बकीय विकिरण सुरक्षित रहेको नासाले जनाएको छ।
वैज्ञानिकहरु नांगो आँखाले सूर्य ग्रहण हेर्न नहुने बताउँछन्- ‘निरन्तर हेर्दा फोटो रेटिनाइटिस अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ त्यसैले ग्रहण हेर्नुपरे विशेष प्रकारको ग्लास प्रयोग गर्दा उत्तम हुन्छ।’

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार ग्रहणको समयमा मानिसमा पर्ने प्रभावबारे कुनै वैज्ञानिक आधार प्राप्त हुन सकेको छैन।

समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार ग्रहणलाई नांगो आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर हेर्नु हुँदैन । हिमालय आरोहणमा प्रयोग हुने विशेष प्रकारको गाढा रङको धातु लेपन गरिएको चस्माबाट मात्रै अवलोकन गर्न उपयुक्त हुन्छ।

काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने सूर्य ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुर झापामा ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ।

काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ । काठमाडौं र महेन्द्रनगर–कञ्चनपुरमा चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर–झापामा ३६ प्रतिशत ढाक्नेछ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ९ : ४९ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।