विशेष चस्मा लगाउँदा पनि नरेन्द्र मोदीले देख्न पाएनन् सूर्य ग्रहण « Khabarhub

विशेष चस्मा लगाउँदा पनि नरेन्द्र मोदीले देख्न पाएनन् सूर्य ग्रहण


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न नपाएको उल्लेख गरेका छन् ।

विशेष चस्मा प्रयोग गरी सूर्य ग्रहण हेर्ने प्रयास गरेपनि बादलको कारण आफ्नो प्रयास सफल हुन नसकेको मोदीको भनाइ छ ।

बिहीबार लागेको सूर्य ग्रहण अवलोकनका लागि नयाँ दिल्लीस्थित आफ्नो सरकारी आवासको बगैंचामा पुगेका मोदी बादलका कारण ग्रहण हेर्न पाएनन् ।

उनले प्रत्यक्ष रुपमा सूर्य ग्रहण नहेरेपनि केरेलाको कोझिकोडे लगायत देशका विभिन्न भागबाट देखिएको ग्रहण झलक प्रत्यक्ष प्रसारणबाट अवलोकन गर्न पाएको उल्लेख गरेका छन् ।

प्रत्यक्ष रुपमा सूर्य ग्रहण अवलोकन गर्न नपाएपछि मोदीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्– धेरै भारतीयजस्तै म पनि सूर्य ग्रहणलाई लिएर उत्साहित थिएँ । दुर्भाग्यवश बादलका कारण सूर्यलाई देख्न पाइनँ, तर कोझिकोडे तथा अन्य भागबाट देखिएको ग्रहणको झलक प्रत्यक्ष प्रसारमा हेरेँ । विशेषज्ञहरुसँग कुराकानी गरेर ग्रहणबारेको आफ्नो ज्ञानलाई अझै समृद्ध पारेँ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ११ : ३२ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको