अब सरकारले नै काठमाडौंका अव्यवस्थित तार काट्ने, होडिङ बोर्ड हटाउने « Khabarhub

अब सरकारले नै काठमाडौंका अव्यवस्थित तार काट्ने, होडिङ बोर्ड हटाउने


१० पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौंमा जथाभावी रुपमा राखिएका होडिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर तथा तार लगायतका सामाग्री हटाउने भएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले चार वटा समूह बनाएर शुक्रबारदेखि नै काठमाडौं महानगरपालिका भित्रका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने निर्णय गरेको हो । साथै, अन्य स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिइ कारबाही अघि बढाउने निर्णय गरेको छ ।

बैठकले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको बैठक

बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाउन लागिएको बताए ।

सर्वोच्च अदालतको समेत यस सम्बन्धमा आदेश दिइसकेको बताउँदै गृहमन्त्री थापाले सो आदेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र शुक्रबारबाट नै त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने बताए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ४ : ४९ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको