युट्युबमा रुचाइएको हो सुरक्षा र विपिनको ‘गोपी’? « Khabarhub

युट्युबमा रुचाइएको हो सुरक्षा र विपिनको ‘गोपी’?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा व्यावसायिक रुपमा खासै कमाल गर्न नसकेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ रिलिजको ३ दिनमा युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा परेको छ ।

यो समाचार तयार पार्दासम्म १२ लाखभन्दा बढीले फिल्म हेरेका छन् । धेरैले फिल्म मन परेको पनि प्रतिक्रिया दिएका छन् ।

विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म एक गाई पाल्ने किसानको कथामा आधारित छ ।

फिल्ममा विपिन कार्कीको केन्द्रीय भूमिका छ । नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या पनि फिल्मको माध्यमबाट देखाइएको छ ।

दीपेन्द्र लामाकै कथा रहेको यो फिल्मलाई सामीप्यराज तिमल्सेनाले स्किृप्टमा ढालेका हुन् भने शैलेन्द्र डी. कार्कीले खिचेका हुन् ।

आरोही केसीले निर्माण गरेको फिल्ममा श्रीधर पौडेल सह–निर्माता छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ११ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको