घरेलु टोली राजस्थानविरुद्ध गेलको विष्फोटक ब्याटिङ, पञ्जावको जीत | Khabarhub Khabarhub

घरेलु टोली राजस्थानविरुद्ध गेलको विष्फोटक ब्याटिङ, पञ्जावको जीत


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेष्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान क्रिस गेलले उत्कृष्ट ब्याटिङ गर्दा किङ्स ११ पञ्जावले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुखद् सुरुआत गरेको छ ।
सोमबार राजस्थान रोयल्सको घरेलु मैदानमा रोयल्सलाई १४ रनले पराजित गर्दै पञ्जावले यो सिजनको पहिलो खेललमा जीत हासिल गर्दा गेलले ७९ रनको योगदान दिएका थिए । त्यस्तै, टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानलाई १ सय ७० रन रोक्न पञ्जावका बलर साम कुरान, अङ्कीत राजपुत र मुजेव उर रहमानले पनि उत्कृष्ट प्रदर्शन गरे ।
पहिलो खेलमा पराजित भएको राजस्थानका लागि जोस बट्लरले अर्धशतक प्रहार गर्दा पनि टोलीको जीतका लागि प्रयाप्त हुन सकेन । ६९ रन बनाएका बट्लरले १० चौका र २ छक्का प्रहार गरे । यस्तै, राजस्थानका लागि अन्य ब्याट्सम्यान सञ्जु सिमसनले ३० रन, अजान्के राहाणेले २७ रन र स्टेभन स्मिथले २० रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
राजस्थानविरुद्ध पञ्जावका साम कुरान, अङ्कीत राजपुत र मुजेव उर रहमानले उत्कृष्ट बलिङ गर्दै घरेलु टोलीको ब्याटिङ धरानपमा पारे । जसमा कुरान, राजपुत र रहमानले समान २—२ विकेट र रविचन्द्र आसविनले एक विकेट लिएका थिए ।
यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले २० ओभर पुुरा खेल्दै ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । पञ्जावपका लागि अर्धशतक बनाएका गेलले टि—२० खेलमा ४ हजार रन पुरा गरेका छन् ।
उनले अर्धशतकसहित ७९ रन बनाएका थिए । जसमा उनले ८ चौका र ४ छक्का प्रहार गर्दै राजस्थानका लागि चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गर्न योगदान दिएका थिए ।
यस्तै, पञ्जावका लागि सर्फराज खानले ४६ रन बनाए भने मायाङ्क अग्रवालले २२ रन बनाएका थिए । पञ्जावविरुद्ध राजस्थानका वेन स्टोक्सले २ तथा धवल कलकर्णी र कृष्णप्पा गोथामले समान एक—एक विकेट लिएका थिए ।
आजको खेलमा अर्धशतकसहितको ७९ रन बनाएका गेल प्लेयर अफ दि म्याच घोषित भए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १२ : ५३ बजे

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह

सिरहा– मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा

हात्तीको आक्रमणबाट एक महिलाको  मृत्यु

झापा– झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा अरनिको पाँडेले