इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज (भिडियो सहित) | Khabarhub Khabarhub

इन्जिनियरमाथि प्रहरीको लाठी चार्ज (भिडियो सहित)


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढि इन्जिनियरहरु घाइते भएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरहरुले आपत्ति जनाएका छन् ।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम कटौति गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक साता यता पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।

उनीहरुले खाईपाइ आएको सुविधा वापतको रकम कटौति नगर्न सरकारसँग माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । इन्जिनियर विद्या बरालले पुनर्निर्माणमा खटिएका इन्जिनियरहको स्वास्थ्य बीमा र दुर्घटना विमाको पनि व्यवस्था गर्न सरकारसँग माग गरे ।

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आफूहरुलाई दिँदै आएको सेवा सुविधा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन् ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ४ : ०६ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका