व्यापार वार्तामार्फत कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह « Khabarhub

व्यापार वार्तामार्फत कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय वस्तुमा १७ प्रतिशतसम्म कर लगाउने अमेरिकी प्रस्तावप्रति असन्तुष्टि जनाउँदै भारतले व्यापारसम्बन्धी विवाद द्विपक्षीय वार्तामार्फत समाधान गर्न अमेरिकासँग आग्रह गरेको छ ।

भारतको वाणिज्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै दुवै देशबीच द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता जारी रहेको र त्यसलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन प्रयास भइरहेको जनाएको छ ।

‘व्यापारसम्बन्धी कुनै पनि चिन्ताको विषय वार्ताकै माध्यमबाट समाधान गरिनुपर्छ भन्ने भारतको अडान रहँदै आएको छ,’ मन्त्रालयले भनेको छ ।

गत फेब्रुअरीमा भारत र अमेरिकाबीच अमेरिकी कर घटाउने उद्देश्यसहित अन्तरिम व्यापार सम्झौताका लागि सहमति भएको थियो । तर, केही दिनपछि अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका व्यापक करसम्बन्धी निर्णय खारेज गरेपछि उक्त सम्झौता कार्यान्वयन हुने विषय अन्योलमा परेको थियो ।

त्यसयता दुवै देश व्यापार सम्झौताका विषयमा निरन्तर वार्तामा छन् । यसैबीच अमेरिकाले भारतमा कथित अतिरिक्त उत्पादन क्षमताबारे गरिएको अनुसन्धानपछि बुधबार भारतीय वस्तुमा १७ प्रतिशत कर लगाउने प्रस्ताव अघि सारेको हो ।

भारतले उक्त अनुसन्धान प्रक्रियामा आफूले रचनात्मक सहयोग गरेको जनाएको छ । साथै, भारतीय अर्थतन्त्रमा कुनै पनि क्षेत्रमा संरचनात्मक अतिरिक्त उत्पादन क्षमता नरहेको उसको दाबी छ ।

अमेरिकाको प्रस्तावित कर कार्यान्वयनअघि सार्वजनिक टिप्पणीका लागि निश्चित अवधि उपलब्ध गराउनुपर्नेछ ।

यसअघि अक्टोबरमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले दुई देशबीचको व्यापार वार्ता स्थिर बिन्दुमा पुगेको बताएका थिए । उनले थप सहमति जुटाउन दुवै पक्षलाई कठिन भइरहेको सङ्केत गरेका थिए ।

त्यसको केही समयपछि भारत भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने व्यापार सम्झौता कार्यान्वयनको अवस्थामा पुग्न दुवै देश निकै नजिक रहेको बताएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १२ : ४५ बजे

बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउने

‘लगान’को सम्झना दिलाउने आमिरको नयाँ फिल्म, क्रिकेट सिक्दै अभिनेता

काठमाडौं– बलिउड अभिनेता आमिर खान फेरि क्रिकेटको मैदानमा उत्रिएका छन्।

व्यापार वार्तामार्फत कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

नयाँ दिल्ली- भारतीय वस्तुमा १७ प्रतिशतसम्म कर लगाउने अमेरिकी प्रस्तावप्रति असन्तुष्टि

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

काठमाडौँ– नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई विधामा अवार्ड