बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग « Khabarhub

बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउने र नेपालको स्वास्थ्य सुरक्षा सुदृढ बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ । 

अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरिन् । 

उनीहरूले गत भदौमा भोटेकोसीमा आएको बाढीपछिको पुनर्लाभका प्राथमिकता र मानवीय सहायता समन्वयका साथै स्वास्थ्य तथा पोषणसम्बन्धी व्यापक सहयोगका विषयमा छलफल गरे ।

अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

यसअन्तर्गत बालबालिका तथा अन्य जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्दै आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता  र बाल संरक्षण सेवाका लागि अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ । 

अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा खोप सेवा तथा खोप भण्डारण व्यवस्था पुनर्स्थापना गर्न १ लाख ७६ हजार अमेरिकी डलरसमेत उपलब्ध गराएको छ ।

यसका अतिरिक्त, ‘अमेरिका फर्स्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत अमेरिकाले मातृ तथा बाल स्वास्थ्य र पोषणमा सुधार ल्याउन युनिसेफमार्फत १ करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेको छ । 

अमेरिकी आर्थिक सहयोगले स्तनपान प्रवर्द्धन तथा शिशु आहारसम्बन्धी सहायता उपलब्ध गराउने स्वास्थ्य संस्थाहरूको प्रयासलाई सुदृढ बनाउनुका साथै नेपालमा आवश्यक भिटामिन तथा खनिजयुक्त पूरक आहारको प्रयोग सुरु गर्न सहयोग पुर्‍याइरहेको छ । 

साथै, अमेरिकी सहयोगले भिटामिन तथा खनिज तत्त्वको कमीको अवस्था पहिचान गर्न र नेपालका पोषण कार्यक्रमहरूलाई मार्गनिर्देशन गर्न राष्ट्रिय सूक्ष्म पोषकतत्त्व सर्वेक्षण सञ्चालन गर्न सम्भव बनाइरहेको छ ।

कार्यवाहक राजदूत बोल्डिनले बाढीपछिको तत्काल परिचालन, प्रभावित समुदायसम्म सहायता पुर्‍याउन गरेको प्रयास तथा नेपालमा पोषणका क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि युनिसेफलाई धन्यवाद दिइन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १२ : ४७ बजे

बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउने

‘लगान’को सम्झना दिलाउने आमिरको नयाँ फिल्म, क्रिकेट सिक्दै अभिनेता

काठमाडौं– बलिउड अभिनेता आमिर खान फेरि क्रिकेटको मैदानमा उत्रिएका छन्।

व्यापार वार्तामार्फत कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

नयाँ दिल्ली- भारतीय वस्तुमा १७ प्रतिशतसम्म कर लगाउने अमेरिकी प्रस्तावप्रति असन्तुष्टि

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

काठमाडौँ– नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई विधामा अवार्ड