‘लगान’को सम्झना दिलाउने आमिरको नयाँ फिल्म, क्रिकेट सिक्दै अभिनेता « Khabarhub

‘लगान’को सम्झना दिलाउने आमिरको नयाँ फिल्म, क्रिकेट सिक्दै अभिनेता


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता आमिर खान फेरि क्रिकेटको मैदानमा उत्रिएका छन्। तर यसपटक उनी खेलाडीका रूपमा होइन, भारतीय क्रिकेटका एक ऐतिहासिक व्यक्तित्वको भूमिका पर्दामा जीवन्त बनाउन क्रिकेट सिकिरहेका छन् ।

निर्देशक आशुतोष गोवारीकरको आगामी फिल्म ‘ललकारा’मा आमिरले भारतीय क्रिकेटका दिग्गज लाला अमरनाथको भूमिका निर्वाह गर्दैछन् । यही भूमिकाका लागि उनी दक्षिण मुम्बईस्थित एक क्रिकेट क्लबमा नियमित प्रशिक्षण लिइरहेका छन् ।

फिल्ममा आमिरसँगै विक्रान्त मेसी, जितेन्द्र कुमार र धैर्य करवा पनि मुख्य भूमिकामा देखिनेछन् । उनीहरू पनि क्रिकेटको अभ्यासमा जुटेका छन् । कलाकारहरूलाई भारतीय क्रिकेटका दुई पूर्वखेलाडीले प्रशिक्षण दिइरहेका छन् यी प्रशिक्षक यसअघि सन् २०२१ मा प्रदर्शन भएको क्रिकेटमा आधारित फिल्म ‘८३’का कलाकारलाई प्रशिक्षण दिने टोलीमा पनि थिए ।

सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट शृंखलाको पृष्ठभूमिमा बन्न लागेको ‘ललकारा’ खेल र इतिहासको संगम हुने अपेक्षा गरिएको छ । क्रिकेट अभ्याससँगै कलाकारहरूले पटकथा पढ्ने र लेखकहरूसँग दृश्य तथा पात्रबारे छलफल गर्ने काम पनि गरिरहेका छन् ।

फिल्मको छायांकन सन् २०२७ जनवरी ४ देखि सुरु गर्ने तयारी छ । यो मिति आमिर र गोवारीकरका लागि विशेष छ । उनीहरूको चर्चित फिल्म ‘लगान’को छायांकन पनि सन् २००० जनवरी ४ मै सुरु भएको थियो । ‘लगान’ र ‘मंगल पाण्डेः द राइजिङ’पछि आमिर र गोवारीकर तेस्रोपटक सहकार्य गर्दैछन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १२ : ४६ बजे

बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउने

‘लगान’को सम्झना दिलाउने आमिरको नयाँ फिल्म, क्रिकेट सिक्दै अभिनेता

काठमाडौं– बलिउड अभिनेता आमिर खान फेरि क्रिकेटको मैदानमा उत्रिएका छन्।

व्यापार वार्तामार्फत कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

नयाँ दिल्ली- भारतीय वस्तुमा १७ प्रतिशतसम्म कर लगाउने अमेरिकी प्रस्तावप्रति असन्तुष्टि

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

काठमाडौँ– नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई विधामा अवार्ड