तीन दिनको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना | Khabarhub Khabarhub

तीन दिनको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनका मौसमको पूर्वानूमानबारे जानकारी दिएको छ । शुक्रबारदेखि आइतबारसम्म देशका पूर्वी तथा पहाडी र तराईका  जिल्लामा मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको जनाएको छ ।

बैशाख १३ गते (शुक्रबार):

दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख १४ गते (शनिबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग र पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख १५ गते (आइतबार):

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ |

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ०४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई