तीन दिनको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना « Khabarhub

तीन दिनको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनका मौसमको पूर्वानूमानबारे जानकारी दिएको छ । शुक्रबारदेखि आइतबारसम्म देशका पूर्वी तथा पहाडी र तराईका  जिल्लामा मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको जनाएको छ ।

बैशाख १३ गते (शुक्रबार):

दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख १४ गते (शनिबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग र पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख १५ गते (आइतबार):

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ |

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ०४ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले