हलिउड फिल्मले ‘कोल्याप्स’ गर्‍यो ‘छक्का पञ्जा २’, दीपक–दीपालाई झट्का ! | Khabarhub Khabarhub

हलिउड फिल्मले ‘कोल्याप्स’ गर्‍यो ‘छक्का पञ्जा २’, दीपक–दीपालाई झट्का !


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि पुनः प्रदर्शन हुने भनिएको फिल्म ‘छक्का पञ्जा २’ हलिउड फिल्मको मारमा परेको छ । योसँगै निर्माता तथा कलाकार दीपकराज गिरीलाई ठूलो झट्का लागेको छ ।

स्मरण रहोस्, दीपकराज गिरीले यसअघि एक अन्तर्वार्तामा फिल्म राम्रो बनाउन सक्यो भने नेपाली फिल्म हलिउड फिल्मसँग पनि जुधाउँदा फरक नपर्ने बताएका थिए । आजको मितिमा ‘एभेन्जर्सः इन्डगेम’ रिलिज हुने पक्का भएपछि ‘दाल भात तरकारी’ ले रिलिज मितिमा हेरफेर गरेको थियो ।

उक्त मितिमा नयाँ नेपाली फिल्म रिलिज नहुने भएपछि दीपकराज गिरीले ‘छक्का पञ्जा २’ लाई पुनः रिलिज गर्ने घोषणा गरेका थिए ।

यता बुधवारदेखि बूकिङ खुला गरिएको हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ को बूकिङ आक्रामक देखिएको छ । अग्रिम बूकिङ खुलाएका मल्टिप्लेक्स हलहरुका प्रायः सबै शो पहिले नै हाउसफूल भएका छन् ।

जसकारण पुनः रिलिज हुने भनिएको फिल्म ‘छक्का पञ्जा २’ ले हल नपाएको हो । मल्टिप्लेक्स हलले बूकिङ खुलाउनुअघि ‘छक्का पञ्जा २’ पुनः प्रदर्शन गर्ने भनेर आफ्नो वेबसाइटमा फिल्मको पोस्टर सजाएका थिए । अहिले मल्टिप्लेक्सले ती पोस्टर हटाएका छन् ।

यद्यपि दीपक–दीपाको ‘छक्का पञ्जा २’ सिंगल थिएटरका हलमा पुन: रिलिज हुनेछ । योसँगै हलमा अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ पनि प्रदर्शन भइरहेको छ । ‘ए मेरो हजुर ३’ को पनि उत्तिकै क्रेज छ । अर्कातिर फिल्म ‘छक्का पञ्जा २’ ले भने दर्शकमाझ खासै क्रेज बनाउन सकिरहेको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : २८ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न