धुर्मुस-सुन्तलीलाई साथ दिँदै बद्री र पूर्णकलाले गाए यस्तो गीत « Khabarhub

धुर्मुस-सुन्तलीलाई साथ दिँदै बद्री र पूर्णकलाले गाए यस्तो गीत


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण अभियान सफल बनाउने हेतुले तयार पारिएको गीत ‘रङ्गशाला बन्छ नेपालीको’ सार्वजनिक गरिएको छ । उक्त गीतमा गायक बद्री पंगेनी र पूर्णकला बिसीको आवाज सुन्न सकिन्छ ।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतमा दुर्गा पंगेनीका शब्द छन् भने गीतमा संगीत गायक बद्री पंगेनीले नै दिएका छन् । गीतका शब्दमा नेपालीको सपनाका रुपमा यो परियोजनालाई उभ्याइएको छ । भिडियोमा धुर्मुस–सुन्तलीले गरेको कामलाई पनि देखाइएको छ ।

शंकर बिसीले यो भिडियोको निर्देशन गरेका हुन् । नेपाली खेलाडीलाई स्तरीय खेल मैदान नहुँदा चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागेको बताउँदै आएको छ । गायक बद्री पंगेनीले रंगशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

यो गीत युट्युबमा धुर्मुस सुन्तली फाउन्डेसनको आधिकारिक च्यानलमा पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : २० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल