राष्ट्रपतिको भ्रमणमा परराष्ट्रमन्त्रीबाटै ‘प्रोटोकल’ उल्लंघन « Khabarhub

राष्ट्रपतिको भ्रमणमा परराष्ट्रमन्त्रीबाटै ‘प्रोटोकल’ उल्लंघन


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विशिष्ट व्यत्तिको विदेश भ्रमणका बेला परराष्ट्र मन्त्रालयले आवश्यक प्रोटोकल निर्धारण गर्ने प्रचलन छ । शिष्टाचार महापालका रुपमा परराष्ट्र मन्त्रालयअन्तर्गतकै निकायले विशिष्ट व्यक्तिको भ्रमणका बेला के गर्न हुने वा नहुने भन्ने विषय निर्धारण गर्ने प्रचलन रहँदै आएको छ ।

तर  राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा परराष्ट्र मन्त्रालयले नै  प्रोटोकल उल्लंघन गरेको भेटिएको छ । राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा भएको कुटनीतिक भेटघाटका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नै स्पोर्टस्  जुता लगाएका छन् । कुटनीतिक मर्यादाको ख्याल परराष्ट्रमन्त्री आफैले नगरेको देखिएको हो ।

त्यस्तै राष्ट्रपति भण्डारी चीनको विमानस्थलमा अवतरण गरेपछि भण्डारीभन्दा अगािड अर्का एकजना नेपाली ओर्लिएको समेत देखिएको छ ।

कुटनीतिक मर्यादाअनुसार विशिष्ट व्यक्तिको भ्रमणका बेला अगाडि अरु व्यक्तिहरु हिड्न नहुने मान्यता रहेको छ । तर राष्ट्रपति भण्डारीभन्दा अघि अघि एकजना नेपाली ओर्लिएका हुन् ।

परराष्ट्र मन्त्रालयले नेपालमै हुने औपचारिक कार्यक्रमका लागि ड्रेसकोड निर्धारण गर्ने गरेको छ । राष्ट्रपति कार्यालयमा हुने कुनै-कुनै कार्यक्रममा ड्रेसकोड नमिलेको भन्दै सहभागीलाई फिर्ता गराउने  समेत  गरिन्छ ।

तर राष्ट्रपति भण्डारीको चीन भ्रमणको समयमा परराष्ट्रमन्त्री ज्ञवालीले नै कुटनीतिक मर्यादाको ख्याल  नगर्दा सर्वत्र आलोचना भइरहेको छ ।

कुटनीतिकमामिला जानकार मधुरमण आचार्यले भने, ‘विशिष्ट व्यक्तिको राजकीय भ्रमणमा सहभागी हुनेहरुलाई प्रोटोकलको जानकारी नगराउँदा समस्या देखिएको हुनसक्छ । प्रोटोकलको ख्याल नगर्दा देशकै बदमानम समेत हुन सक्छ ।’

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ५ : ३४ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको