बजेट निर्माणका सन्दर्भमा सुझाव दिन अर्थ मन्त्रालयको आह्वान | Khabarhub Khabarhub

बजेट निर्माणका सन्दर्भमा सुझाव दिन अर्थ मन्त्रालयको आह्वान


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम शुरु गरेको छ ।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङअनुसार बजेट निर्माणको काममा जुटेको मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले  वार्षिक बजेट तथा राजस्व नीति तथा कार्यक्रम तर्जुमाको काम समेत शुरु गरको छ ।

मन्त्रालयले बजेट निर्माणका क्रममा आगामी आर्थिक वर्षको आर्थिक ऐन तथा बजेट तर्जुमाका लागि बनाइने राजस्व नीति, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर तथा राजस्व चुहावटका विषयमा सुझाव समेत मागेको छ ।

विभिन्न १० वटा उपसमिति बनाएर सुझाव समेत संकलन गरिने र सुझाव अनुसार बजेट निर्माण गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकले समेत यसैसाता बजेटमा समावेश गर्नुपर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरेको थियो । बैकले लिएको सुझाव समेटेर अर्थ मन्त्रालयलाई प्रतिवेदनका रुपमा हस्तान्तरण गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : १३ बजे

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमला गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न