खुला मञ्चमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउँदै महानगर « Khabarhub

खुला मञ्चमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउँदै महानगर


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- काठमाडौं महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले शुक्रबार दिएको ध्यानाकर्षणपत्र बुझ्दै कामपा प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको स्पष्ट पारे ।
कामपाले नै उक्त सटर निर्माण गर्न अनुमति दिएको जनाउँदै ध्यानाकर्षणपत्रमा भनिएको छ, “सार्वजनिक रुपमा राखिएको व्यावसायिक सटरहरु तत्काल हटाउनुपर्छ सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ । ” प्रमुख शाक्यले ‘खुला मञ्च’ को समस्या समाधान गर्न उपप्रमुखले असहयोग गरेको जिकिर गरे ।

गत चैत २४ गते भएको नगरसभामा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खड्गीलाई उक्त संरचनाबारे स्थलगत जानकारी लिन आग्रह गरे पनि नमानेपछि अहिले उनीहरुबीच विवाद चुलिएको बताइएको छ । प्रमुख शाक्यले उपप्रमुख खड्गीले खुलामञ्चमा राजनीति गरिरहेको आरोप लगाउँदै भनिन् “अनुगमन संयोजक उपमेयर भएको हिसाबले कानूनी रुपमा नै उपमेयरलाई अनुगमनको जिम्मा रहेको छ । खुला मञ्चमा केही समयका लागि बसपार्क राख्न दिइएको हो, त्यो पनि म निर्वाचित भएर आउनुअघि नै हो, जे भए पनि ती संरचना भत्काइन्छ ।”

प्रमुख उपप्रमुख विवाद
उपप्रमुख खड्गीले भने आफूलाई प्रमुखले आधिकारिक रुपमा खुला मञ्चको अनुगमन गर्ने जिम्मा नदिएको र फोनमा त्यस स्थानमा के भएको रहेछ बुझ्नुस् मात्रै भनेको बताएकी छिन् । नगरसभाको केही दिनपछि केही सटर बनिरहेको र केहीमा पसलसमेत सञ्चालन भइरहेको बारे प्रमुखलाई भन्दा त्यति चासो नदिएको उपप्रमुखको आरोप छ ।
उपप्रमुख खड्गीले भनिन् “आज आधिकारिक रुपमा चिठ्ठी पाएको छु, आगामी आइतबार बैठक बसी अनुगमन शुरु गरिन्छ ।”
राजधानीको खुला मञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल यही वैशाख मसान्तसम्म हटाउन स्थानीयवासीले कामपालाई समयावधि दिएका छन् ।

ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौता विपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका हुन् । यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शनसमेत गरे ।

हाल काठमाडौँ भ्यू टावर निर्माण गरिरहेको उक्त बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाई भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएवापत कम्पनीले प्रत्येक व्यापारीबाट प्रतिसटर रु १५ लाखसम्म उठाएको छ । खुलामञ्चसँगै रहेको दुईमाजू गुठीको करीब एक रोपनी जग्गा पनि अतिक्रमण गरी व्यापारिक प्रयोजनमा लगाइएको पुष्टि भएको छ ।

कामपका प्रवक्ता ईश्वरमान डङ्गोलले यसरी सार्वजनिक जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग हुनु दुःखको विषय हो भन्दै आवश्यक अनुगमनपछि ती सबै संरचना भत्काइने बताए ।
अनुमति नलिई र नक्शा पास नगरी कामपाभित्र यस्तो कुनै पनि भवन वा संरचना बनाउन नपाइने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐनमा अनुमति विपरीत र नियम मिचेर बनाइएका भवन तथा संरचना कामपाले तत्काल भत्काउन सक्ने व्यवस्था छ । यदि अवैधानिक रुपमा भौतिक संरचना निर्माण भएको भए रु पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्थासमेत कानूनमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ५ : १५ बजे

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन

राष्ट्र संकटमा कम्युनिष्टहरूबीच सहकार्य हुँदै आएको छ : प्रचण्ड

गलकोट– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न