विप्लव समूहका ब्यूरो सचिवसहित १३ पक्राउ « Khabarhub

विप्लव समूहका ब्यूरो सचिवसहित १३ पक्राउ


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले शुक्रबार धनगढीबाट पक्राउ गरेको छ ।

बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका शाहमाथि राजद्रोहमा मुद्दा चालाइएको छ ।

सरकारबाट प्रतिबन्द लगाइएपछि हालसम्म उक्त समूहका १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । पक्राउपर्नेमा विप्लव समूहका युथ रेडफोर्सका जिल्ला संयोजक रुपेश देवकर, जनसरकार प्रमुख अमर बम, जिल्ला सदस्य कैलाश भन्ने जगत आउजी, सचिवालय सदस्य ध्रुव सञ्ज्याल, किसान सङ्घका जिल्ला अध्यक्ष उदयराम थापा, पूर्वडिसिएम कृष्णबहादुर शाही छन् ।

यसैगरी हुम्ला घर भएका प्रदेश नं ७ का सैन्य कमाण्डर दानबहादुर फडेरा, सल्यान घर भएका अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष बन्धुकुमारी चन्द, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका अध्यक्ष पुष्पराज न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त समूहका कार्यकर्ता इन्द्रबहादुर बम, सुरेन्द्र सुनार भन्ने बलबहादुर विसी र सीता देउकरलाई पनि पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : ५६ बजे

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा