ममता बनर्जीद्वारा पश्चिम बंगालको मुख्यमन्त्रीबाट राजीनामा दिने प्रस्ताव « Khabarhub

ममता बनर्जीद्वारा पश्चिम बंगालको मुख्यमन्त्रीबाट राजीनामा दिने प्रस्ताव


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– आम निर्वाचनमा मृणमूल कांग्रेसले निकै कमजोर प्रदर्शन गरेपछि पश्चिम बंगालकी मुख्यमन्त्री एवं पार्टीकी अध्यक्ष ममता बनर्जीले राजीनामा दिने प्रस्ताव गरेकी छिन् ।

कोल्कातामा भएको पत्रकार सम्मेलनका क्रममा ममता बनर्जीले आफू पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा काम गर्न अनिच्छुक रहेको र पार्टीले डाकेको बैठकमा यसबारे कुरा राखेको जनाएकी हुन् । यद्यपि पार्टीले आफ्नो राजीनामा अस्वीकृत गरेको उनको भनाइ छ ।

उनले सत्तारुढ भारतीय जनता पार्टी भाजपाले भारतीय समाजलाई विभाजित बनाएको उनले आरोप समेत लगाइन् । उनले भारतीय निर्वाचन आयोगले भाजपालाई सहयोग गरेको हुनसक्ने समेत आशंका रहेको बताइन् ।

विभिन्न राज्यमा विपक्षी पूर्ण रुपमै सखाप भई भाजपाले यत्तिको ठूलो बहुमत ल्याउनु शंकाको घेरामा रहेको र यसमा स्वदेशी तथा विदेशी शक्तिको सेटिङ रहेको हुनसक्ने उनको भनाइ छ ।

पछिल्लो निर्वाचनमा ३४ सिट जितेको तृणमूल काँग्रेस यसपटक भने केबल २२ सिटमा खुम्चेको छ । सत्तारुढ भाजपाले भने ३०३ सिट जितेर सरकार गठन गर्ने तयारी थालेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने