उडिरहेको विमानमै यात्रुले चुरोट सल्काएपछि… « Khabarhub

उडिरहेको विमानमै यात्रुले चुरोट सल्काएपछि…


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– चुरोट खाने मानिसलाई कहिले कुन स्थानमा तलतल लागेर चुरोट खान मन लाग्छ, ठेगान हुन्न । नेपालमै पनि सार्वजनिक स्थानमा मानिसहरुले चुरोट तानिरहेका हुन्छन् ।

यद्यपि सरकारले सार्वजनिक स्थानमा चुरोट खान प्रतिबन्ध लगाएको त छ तर त्यसको कार्यान्वयन भने अझै प्रभावकारी बन्न सकेको छैन ।

यस्तै घटनामा एकजना चुरोटेले विमानभित्र चुरोट सल्काएका छन् । अमेरिकाको मिन्नेसोटा राज्यमा घटनामा चुरोटको तीब्र तलतल लागेपछि एक यात्रुले उडिरहेको विमानभित्रै चुरोट सल्काए ।

मियन्नापोलिस शहरका लागि उडेको विमान अवतरण हुनु ४० मिनेट अगाडी बीच आकाशमै उक्त घटना भएको बताइएको छ ।

अघिल्लो मंगलबार भएको घटनामा चुरोट सल्काउनेले वरिपरी रहेका कोही यात्रुको मतलब नै नगरी ढुक्कसँग चुरोट सल्काए । विमानभित्र चुरोट सल्काउन प्रतिबन्ध भएपनि उनले त्यसको परवाह नै गरेनन् ।

उनीसँगै बसेकी एक महिलाले उनले चुरोट सल्काएको भिडियो खिचेपछि त्यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

त्यसपछि वरिपरी रहेका यात्रुले उनले चुरोट सल्काएको देखेपछि एअरहोस्टेजलाई बोलाए । एअरहोस्टेजको पटक पटकको आग्रहपछि मात्र उनले चुरोट निभाए ।

त्यसपछि विमान अवतरण गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : ५२ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले