कमरेड बाहुबली! २१ घटनाले बताउँछ, ओलीमा शक्तिको असीमित तिर्खा छ | Khabarhub Khabarhub

कमरेड बाहुबली! २१ घटनाले बताउँछ, ओलीमा शक्तिको असीमित तिर्खा छ


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रवादको नारामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको उदय भयो । छिमेकी भारतमा नरेन्द्र मोदी र पाकिस्तनमा प्रधानमन्त्री इमरान खानको उदय यसैगरी भयो ।

आज अमेरिका, युरोप र ल्याटिन अमेरिकाका थुप्रै देशमा लोकतान्त्रिक बाटोबाट उग्रदक्षिणपन्थी वा उग्रवामपन्थी नाराले यसैगरी वैधानिकता पाइरहेको छ यसलाई कतिपय विज्ञले चुनावको अपहरणमार्फत उदाएको ‘निर्वाचन अधिकारवाद’ समेत भन्ने गरेको प्रसंगलाई मिलाएर नेपाल साप्ताहिकले प्रधानमन्त्री केपी शर्मा ओलीमा शक्तिको असीमित तिर्खा रहेको खबर छापेको छ । पत्रिकाले बनाएको ‘कभर स्टोरी’ कसरी प्रधानमन्त्री शक्तिको भोक मेटाउन कसरतमा छन् भन्ने कुरा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीलाई शक्तिको भोग जागिरहेको प्रसंग प्रतिपक्षी दल तथा अन्यले उठाउँदा प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास परिषदको बैठकमा चैत २१ २०७५ मा देशभरका स्थानीय तह, प्रदेशसभासहित अर्थशास्त्री कर्मचारी, राजनीतिज्ञ उपस्थित कार्यक्रममा भने, ‘प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गर्‍यो भन्छन्, प्रमलाई पावरको शोख छैन । बरु प्रम हंगर अफ चेन्ज, हंगर अफ डेभलपमेन्ट छ ।’

त्यस्तै प्रधानमन्त्रीको पार्टीभित्रको पकड प्रयास, झापा मोह, मन्त्री नियन्त्रण, यातायात सिन्डिकेटको रक्षक, बुद्धिजिबीमाथि आक्रमण, विभिन्न राजनीतिक नियुक्ति, प्रेस स्वतन्त्रतामाथिको अंकुश, राजदूत नियुक्ति, प्रदेश सरकार दबाबमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद नियन्त्रण प्रयास, अदालतमा प्रभाव, निर्वाचन आयोगमा प्रभाव, राष्ट्रिय योजना आयोज, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड तथा अनुगमन, राजस्व अनुसन्धान विभाग, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय सुरक्षा परिषद, राष्ट्रिय मानव अधिकार आयोगमा प्रधानमन्त्रीले चालेको कदमले शक्तिको भोग दर्सिने समाचारमा उल्लेख छ ।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने कानून बन्ने प्रक्रियामा खुलापन रहेको भन्दै सरकार निरंकुश भन्ने प्रश्न उठ्ने ठाउँ नै नरहेको बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : ०९ बजे

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन