सामसुङको हालसम्मकै ठूलो डिस्प्ले भएको स्मार्टफोन नेपाली बजारमा  « Khabarhub

सामसुङको हालसम्मकै ठूलो डिस्प्ले भएको स्मार्टफोन नेपाली बजारमा 


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामसुङ कम्पनीले अहिलेसम्मकै सवैभन्दा ठूलो डिस्प्ले भएको स्मार्ट फोन ‘सामासुङ ग्यालेक्सी ए–७०’ नेपाली बजारमा ल्याएको छ ।‘ग्यालेक्सी ए–७०’ मा ६.७ इन्चको फूल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले राखिएको छ ।

ठूलो डिस्प्ले भएका कारण कलर रिप्रडक्सन, भ्यूइङ एंगल, डिटेलिङका भएकाले फोन फिल्म तथा भिडियो हेर्न प्रयोगकर्ताका लागि निकै उपयुक्त हुने कम्पनीको दाबी छ । फोनको अगाडिको भागमा डिस्प्लेको सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास–३ को प्रोटेक्सन छ । मोबाइलको पछाडिपट्टिको भागमा ग्लास फिनिसङियुक्त पोलिकार्बोनेट बडी राखिएको छ ।

फोनको तलको भागमा ५ एमएम ज्याक, युएसबी टाइप सी पोर्ट, माइक्रोफोन र स्पिकर क्रमशः दिइएको छ । मोबाइलमा एउटा अर्को खाश विशेषता यसको दायाँ साइडमा २ सिमकार्ड तथा एउटा मेमोरी कार्ड लाग्ने सिमस्लट राखिएको छ । मोबाइलको स्पिकरको आवाज निकै ठूलो भएपनि साउन्डको विषयमा प्रयोगकर्ताबाट कुनै गुनासो नआउने कम्पनीको दाबी छ ।

मोबाइलको पछाडिपट्टि तीनवटा रेयर क्यामेरा राखिएका छन्, जसमा २३ मेगापिक्सेलको एफ १ दशमलव ७ अपार्चर, ५ मेगा प्रिक्सेलको एफ २ दशमलव २ अपार्चरयुक्त डेप्थ सेन्सर र एक २ दशमलव २ अपार्चरयुक्त ८ मेगा पिक्सेलका अल्ट्रा वाइड एंगल क्यामेरा राखिएको छ ।

मोबाइलको अगाडि एफ टू प्वाइन्ट अपार्चयरयुक्त ३२ मेगा पिक्सलको सेल्पी क्यामेरा रहेको छ । जसले कल स्याचुरेसन र डिटेलिङसहित आकर्षक सेल्फी फोटो खिच्न सकिने कम्पनीको दाबी छ । मोबाइलमा ११ नानोमिटर अक्टाकोर प्रोसेसरयुक्त क्लवालकम स्नापड्रागन ६७५ शक्तिशाली प्रोसेसरले फोनको प्रयोगमा कनै कमी हुन नदिने कम्पनीको दाबी छ ।

मोबाइलमा ६ जिबीको  र्याम छ भने १ सय २८ जिबीको इन्टरनल मेमोरीकार्ड पनि राख्न मिल्छ । फोनको सुरक्षाका लागि फेस अनलक र डिस्प्लेभित्र फिंगरप्रिन्ट स्क्यानरको व्यवस्था छ । फोनको मूल्य नेपाली बजारमा ४७ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : ०४ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय