आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा « Khabarhub

आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७५ साल साउन १० गते वर्तमान सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर विदेश जान हिँडेका उपप्रधानमन्त्री यादवले विमानस्थल जाँदा  पासपोर्ट लान विर्सिए ।

विमानले उडान भर्नुभन्दा १० मिनेटमात्र पहिला विमानस्थल पुगेका मन्त्री विमानमा चढ्न लाग्दा विमानको ढोका लाग्नै आटेको थियो । तर उपप्रधानमन्त्री यादवले भने पासपोर्ट नै बोक्न छुटाएछन्, जसका कारण उक्त विमानको उडान ४५ मिनेट रोकिएको थियो । त्यसक्रममा मन्त्री यादवले विमानस्थका कर्मचारीसमक्ष आफ्नो ‘पावर’ प्रदर्शन गरेका थिए ।

उनले आफ्ना कारणले विमानको उडान ४५ मिनेट अवरुद्ध हुँदा माफि मागेनन् र माग्न जरुरी पनि सम्झेनन्, किनकी उनी उपप्रधामन्त्री हुन् ।

त्यस्तै विमान बारेको अर्को घटना पनि केही समय अघि निकै चर्चामा रह्यो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई विमानले छोडेको विषयले केही दिन समाजिक सञ्जाल तातेको थियो ।

वैशाख २ गते भैरहवाबाट काठमाडौं उडान भर्ने क्रममा बुद्ध एयरले मन्त्रीलाई छोडेर आएपछि खैलाबैला मच्चिएको थियो । सामाजिक सञ्जालहरुमा सत्तापक्षीयले विमान कम्पनीलाई गाली गरिरहेका थिए भने विपक्षी र सर्वसाधारणले समयमा उपस्थित नहुने जो सुकै भएपनि विमानले छोड्नु पर्ने बताएका थिए ।

विमान कम्पनीले भने ६८ जना यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको बताएको थियो । विमानले उडान भरेलगत्तै मन्त्री विमानस्थल पुगेका थिए ।

यी माथिका दुई प्रसंग शक्तिमा रहेका दुई मन्त्री र भीआइपीको हो जसका कारण विमानका अन्य यात्रुले सास्ती र हैरानी व्यहोर्नु परेको थियो ।

उनीहरुले आफूहरुको गल्तीका कारण सर्वसाधारणले दुःख पाएकोमा न त कुनै पश्चाताप गरे न त माफि नै मागे ।

तर, मेक्सिकोकी वातावरण मन्त्रीले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै आफ्नो मन्त्री पदबाट राजीनामा नै दिएकी छिन् ।

जनताले आफ्नो कारण सास्ती पाएको भन्दै उनले पदबाट राजीनामा नै दिएकी हुन् । हुन त यो घटना उनको कारण भन्दा पनि राष्ट्रपतिको विशेष कारणले भएको थियो ।

मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् ।

गत शुक्रबार उनका कारण विमानस्थलको एक व्यावसायिक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो ।

मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएको जनाइएको छ । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी छिन् ।

त्यस्तै, उनले मेक्सिकोमा परिवर्तन चाहने भए सबैलाई समान र न्यायिक व्यवहार हुनुपर्ने तथा कोही व्यक्तिका कारण बहुसंख्यक मानिसलाई हानी हुन नहुने समेत जनाएकी छिन् ।

मेक्सीकोकी यी मन्त्रीबाट नेपाली मन्त्री र भीआईपीहरुले पनि केही सिक्ने र आफ्नो व्यहोरा र आचरणलाई सुधार गर्ने हो भने आम सर्वसाधारणले दुःख पाउने थिएनन् कि ?

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ४ : ४८ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना