अब वेबसाइटबाटै कामदारको ‘डिमान्ड’ थाहा पाउन सकिने « Khabarhub

अब वेबसाइटबाटै कामदारको ‘डिमान्ड’ थाहा पाउन सकिने


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारमा जाने लागि अलाइमार्फत जानकारी लिनसक्ने वेबसाइटको विकास गरेको छ । वेभसाइटको विकाससँगैं वैदेशिक रोजगारमा जाने ईच्छुक कामदारलाई डिमान्डकोबारे बुझ्न म्यानपार धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वेबसाइटमा कामदार आफूले जान लागेको देश, कम्पनी वा पठाउने म्यानपावरको पूर्व श्रम स्वीकृतिको विवरण सजिलै हेर्न सक्छन् । त्यससँगै कुन–कुन विदेशी कम्पनीले कस्ता–कस्ता कामदार डिमान्ड गरेका छन्, त्यो पनि सहजै वेबसाइटमार्फत बुझन सकिन्छ ।

वेबसाइटको विकाससँगै वैदेशिक रोजगार ठगी मुद्दामा कमी आउने विभागको विश्वास छ । “पछिल्लो समय दलालहरुले नक्कली डिमान्ड पेपर बनाई विदेशबाट कामदारको माग भएको भन्दै नेपालीहरुलाई ठग्ने गरेका थिए, अब त्यो सम्भव छैन् ।” विभागका प्रवक्ता भोलानाथ गुरागाईले भने, “सोझासाझासँग पासर्पोट र पैसा लिने र लामो समयसम्म गायब भइदिने अवस्थाको अन्त्य हुनुका साथै अब वेबसाइटमै सूचना आउने भएपछि एजेन्ट धाउनुपर्ने छैन ।”

ठगी मुद्दा र फरफारक

वैदेशिक रोजगारी ठगी मुद्दामा विगत ४ वर्षमा २ हजार ३ सय ८६ वटा उजुरी फरफराक गरी उक्त बीगो पीडित समक्ष भराएको विभागले जनाएको छ । हाल पनि ५ हजारभन्दा धेरै रोजगार पीडितका मुद्दा विचाराधीन अवस्थामा रहेको विभागको तथ्यांक छ ।

व्यक्तिगत र संस्थागत रुपमा म्यानपावर तथा एजेन्टले ठगेको भन्दै रोजगारी पीडितले आर्थिक वर्ष २०७२/७३ मा २ हजार १ सय ७२ वटा उजुरी विभागमा दर्ता गराएका थिए । जसमा ५ सय २० वटा उजुरी मात्र फरफराक भएको विभागले जनाएको छ ।

यो आर्थिक वर्षमा रोजगार पीडितले ६९ करोड ५० लाख ९६ हजार ५ सय विगो दावी गरे पनि विभागले १० करोड ३६ लाख ७८ हजार ८५ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराएको विभागले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८३ वटा मुद्दा रोजगार पीडितले आफू रोजगारीका नाममा ठगिएको भन्दै विभागमा उजुरी दर्ता गराएका थिए । जसमा ८ सय ८७ वटा उजुरी फरफराक भएका थिए । ७५ करोड ७८ लाख ४१ हजार ८ सय बिगो दावीसहित पीडितले उजुरी दर्ता गराए पनि १५ करोड ९४ लाख १७ हजार ८ सय ८ रुपैयाँ विगो क्षतिपूर्ति पीडितलाई भराइएको विभागको तथ्यांकमा उल्लख गरिएको छ ।

यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १ सय २९ वटा ठगीका उजुरी विभागमा परेका थिए । जसमा १ हजार २८ वटा मुद्दा फरफराक गरेको विभागले जानकारी दिएको छ । यो आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपैयाँ विगोदाबी पीडितले गरेका थिए । जसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपैयाँ विगो पीडितलाई क्षतिपूर्ति विभाग सफल भएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ३५ बजे

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ