अब वेबसाइटबाटै कामदारको ‘डिमान्ड’ थाहा पाउन सकिने « Khabarhub

अब वेबसाइटबाटै कामदारको ‘डिमान्ड’ थाहा पाउन सकिने


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारमा जाने लागि अलाइमार्फत जानकारी लिनसक्ने वेबसाइटको विकास गरेको छ । वेभसाइटको विकाससँगैं वैदेशिक रोजगारमा जाने ईच्छुक कामदारलाई डिमान्डकोबारे बुझ्न म्यानपार धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वेबसाइटमा कामदार आफूले जान लागेको देश, कम्पनी वा पठाउने म्यानपावरको पूर्व श्रम स्वीकृतिको विवरण सजिलै हेर्न सक्छन् । त्यससँगै कुन–कुन विदेशी कम्पनीले कस्ता–कस्ता कामदार डिमान्ड गरेका छन्, त्यो पनि सहजै वेबसाइटमार्फत बुझन सकिन्छ ।

वेबसाइटको विकाससँगै वैदेशिक रोजगार ठगी मुद्दामा कमी आउने विभागको विश्वास छ । “पछिल्लो समय दलालहरुले नक्कली डिमान्ड पेपर बनाई विदेशबाट कामदारको माग भएको भन्दै नेपालीहरुलाई ठग्ने गरेका थिए, अब त्यो सम्भव छैन् ।” विभागका प्रवक्ता भोलानाथ गुरागाईले भने, “सोझासाझासँग पासर्पोट र पैसा लिने र लामो समयसम्म गायब भइदिने अवस्थाको अन्त्य हुनुका साथै अब वेबसाइटमै सूचना आउने भएपछि एजेन्ट धाउनुपर्ने छैन ।”

ठगी मुद्दा र फरफारक

वैदेशिक रोजगारी ठगी मुद्दामा विगत ४ वर्षमा २ हजार ३ सय ८६ वटा उजुरी फरफराक गरी उक्त बीगो पीडित समक्ष भराएको विभागले जनाएको छ । हाल पनि ५ हजारभन्दा धेरै रोजगार पीडितका मुद्दा विचाराधीन अवस्थामा रहेको विभागको तथ्यांक छ ।

व्यक्तिगत र संस्थागत रुपमा म्यानपावर तथा एजेन्टले ठगेको भन्दै रोजगारी पीडितले आर्थिक वर्ष २०७२/७३ मा २ हजार १ सय ७२ वटा उजुरी विभागमा दर्ता गराएका थिए । जसमा ५ सय २० वटा उजुरी मात्र फरफराक भएको विभागले जनाएको छ ।

यो आर्थिक वर्षमा रोजगार पीडितले ६९ करोड ५० लाख ९६ हजार ५ सय विगो दावी गरे पनि विभागले १० करोड ३६ लाख ७८ हजार ८५ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराएको विभागले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८३ वटा मुद्दा रोजगार पीडितले आफू रोजगारीका नाममा ठगिएको भन्दै विभागमा उजुरी दर्ता गराएका थिए । जसमा ८ सय ८७ वटा उजुरी फरफराक भएका थिए । ७५ करोड ७८ लाख ४१ हजार ८ सय बिगो दावीसहित पीडितले उजुरी दर्ता गराए पनि १५ करोड ९४ लाख १७ हजार ८ सय ८ रुपैयाँ विगो क्षतिपूर्ति पीडितलाई भराइएको विभागको तथ्यांकमा उल्लख गरिएको छ ।

यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १ सय २९ वटा ठगीका उजुरी विभागमा परेका थिए । जसमा १ हजार २८ वटा मुद्दा फरफराक गरेको विभागले जानकारी दिएको छ । यो आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपैयाँ विगोदाबी पीडितले गरेका थिए । जसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपैयाँ विगो पीडितलाई क्षतिपूर्ति विभाग सफल भएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ३५ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक