फ्रान्स र नेपालको सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठमा ‘युवा लक्षित’ अन्तर्क्रिया « Khabarhub

फ्रान्स र नेपालको सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठमा ‘युवा लक्षित’ अन्तर्क्रिया


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– फ्रान्स र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठका अवसरमा आयोजना गरिएको ‘युवा लक्षित’ कार्यक्रमका वक्ताहरुले मुलुकको परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

७० औँ वर्षगाँठको अवसर पारेर ललितपुरमा ‘युथ प्यानलः लिडिङ चेन्ज’ (नेतृत्व परिवर्तन) नामक कार्यक्रम आयोजना गरिएको हो ।

नेपालस्थित फ्रान्सेली राजदूतावास, बीड नलेज सेन्टर, युलेन्स स्कूल र अलाइन्स फ्रेन्च इन काठमाडौंको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले राजनीतिक मात्र नभई हरेक क्षेत्रमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको औंल्याए ।

कार्यक्रमका प्रमुख वक्ताहरुमा पूर्व मिस नेपाल शृङ्खला खतिवडा, राजनीतिक अभियानकर्मी रञ्जु दर्शना, सेफाली उप्रेती, शिशिर किसी र श्रद्धा गौतम लगायतले राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा युवाशक्तिको समुचित परिचालनमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

‘मुलुकको सर्वाङ्गीर्ण क्षेत्रको आमूल परिवर्तन ल्याउन सक्ने क्षमता युवा शक्तिमा हुन्छ, नेतृ रञ्जु दर्शनाले भनिन्, ‘हरेक क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक छ, समाज परिवर्तनका शुरुवात आफैबाट गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी युवाले सामाजिक कार्यक्रमा युवा वर्गको भूमिका अपरिहार्य रहेको बताउँदै समानता, स्वतन्त्रता र समाजमा देखिएका विभेद तथा विकृतिका विषयमा छलफल गरेका थिए ।

यस्तै छलफलमा बोल्दै पूर्वमिस नेपाल शृङ्खला खतिवडाले समाज विस्तारै परिवर्तन हुँदै गएको र युवापुस्ताले यस्ता खालका कार्यक्रममा रुचि देखाएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा नेपाली समाजमा देखिएका महिला समानताको मुद्दालाई मुख्य रुपमा उठाएका थिए । यस्तै नेपालको शैक्षिक प्रणालीमा पनि परिवर्तन आउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा फ्रान्सका राजदूत  फ्रास्वाँ जेभिएर लेजेले भने,  ‘नेपाली युवामा देखिएको जोश जाँगर देख्दा हामीलाई खुशी लाग्छ, नेपाली युवाहरूलाई हरेक क्षेत्रमा अवसर दिनुपर्छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ८ : ३९ बजे

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका