‘ब्लड बैंक’ मा फ्रिज अभाव हुँदा समस्या « Khabarhub

‘ब्लड बैंक’ मा फ्रिज अभाव हुँदा समस्या


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज नहुँदा आवश्यकतानुसार रगत सङ्कलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले बताए ।

“एउटा मात्रै फ्रिज छ, त्यसमा थोरै मात्रै रगत सङ्कलन गर्न मिल्छ, तर एकैपटक धेरै रक्तदाता आएमा रगत सङ्कलन गर्न सक्ने अवस्था नै हुँदैन”, उनले भने “त्यसका लागि हामीले पटक–पटक फ्रिज माग गर्ने गरेका छौँ ।”

अहिलेको त्यो फ्रिजमा ४० देखि ४५ प्वाइन्टसम्म मात्रै रगत सङ्कलन गर्न सकिने उनको भनाइ छ । तर रक्तदान शिविर सञ्चालनमा धेरैले रक्तदान गर्ने भएकाले फ्रिजमा आवश्यकतानुसार सङ्कलन गर्न सकिने अवस्था छैन् । रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि पछिल्लो समय रक्तदान गर्नेको सङ्ख्यामा वृद्धि भएको भन्दै ठूलो खालको फ्रिज आवश्यक पर्ने उनको भनाइ छ ।

तुलसीपुर केन्द्रमा आठ नौ सय प्वाइन्ट रगत स्टक राख्न सक्ने फ्रिजको आवश्यकता छ । साथै सङ्कलन भएको रगत ३५ दिनभन्दा बढी राख्न नमिल्ने भन्दै त्यहीअनुसार स्टक राख्ने गरेको उनले बताए ।

अञ्चल अस्पताल परिसरमा समाजसेवी वामदेव उपाध्यायले आफ्नी दिवङ्गत श्रीमती कालिकादेवीको स्मृतिमा निर्माण गरिदिएको कालिकादेवी रक्त सञ्चार भवनमा गत वर्ष भदौदेखि केन्द्र सञ्चालन हुँदै आएको छ । नेपाल रेडक्रसले सञ्चालन गरिरहेको उक्त रक्त सञ्चार केन्द्रमा पटक–पटक ठूलो फ्रिज ल्याउने कुरा चले पनि अझै ल्याउन सकिएको छैन ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ११ : ०४ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी