युद्धलाई देखाएर थालिएको पर्यटन « Khabarhub

युद्धलाई देखाएर थालिएको पर्यटन


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम–युद्ध पर्यटनको विकास र प्रवद्र्धन गर्ने उदेश्यले रुकुम पूर्वको महतमा युद्ध फिचर निर्माण गरिएको छ । विशेषगरी तत्कालिन जनयुद्धको समयमा रुकुमको महतमा रहेको ईलाका प्रहरी चौकी आक्रमण र त्यहाँ रहेका डिएसपी ठूले राईले गरेको आत्मसमर्पणलाई चित्रमा उतारिएको छ ।

भूमे गाउँपालिका ६, महत गाउँमा अवस्थित युद्ध फिचरमा त्यसबेलाको सचित्र प्रस्तुत गरिएको छ । युद्ध फिचरमा जनयुद्धको बेला ईलाका प्रहरी कार्यालय चौकी आक्रमणको दृश्यलाई उतारिएको छ । जसमा आक्रमणको बेला जल्दै गरेको प्रहरी कार्यालय, बाहिरी मोर्चाबाट लड्दै गरेका माओवादी जनसेना, राज्यका तर्फबाट लड्दैगर्दा मारिएका सेना, प्रहरीका ढलेका लास र तत्कालीन डिएसपी ठूले राईले हात उठाएर गरेको आत्मसमर्पणको चित्र पनि देखाईएको छ ।

गाउँपालिकाले बहुवर्षिय योजना अन्र्तगत हालसम्म युद्ध फिचर र अन्य केहि काम भएको छ भने आगामी बर्षहरुमा पनि अन्य विभिन्न पक्ष समेटेर आर्कषक युद्ध पर्यटनको गन्तब्य बनाईने छ । हालसम्म यस कार्यका लागि गाउँपालिकाले २० लाख रकम खर्च गरिसकेको वडा अध्यक्ष देबबहादुर बुढामगरले जानकारी दिए ।

माओवादी सशस्त्रयुद्धका क्रमममा उच्च प्रहरी अधिकृत डिएसपीले नै आत्मसमर्पन गरेको र डएसपीलाई नै माओवादी सेनाले अपहरण गरेर लिएको यो सबैभन्दा ठूलो घटनाको रुपमा लिईन्छ । युद्धका क्रममा निकै दुःख भोगेको महतमा बनाईएको युद्ध फिचरले पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय नागरिकलाई समेत फाईदा पुर्‍याउने विश्वास भूमे गाउँपालिकाको हो । जुन अवलोकनको लागि देश–विदेशबाट पर्यटकहरु आउने अपेक्षा गरिएको छ । स्थानीय अगुवाहरु पर्यटन प्रवद्र्धनमा सबै लागे त्यसले देश र रुकुम दुबैलाई फाइदा पुर्‍याउने बताउँछन् ।

तत्कालिन माओवादीको जनयुद्धक्रममा साबिकको महत गाबिसस्थित बिद्यालयको छात्रबास भवनमा ईलाका प्रहरी कार्यालय बसेको थियो । जुन प्रहरी र शशस्त्र प्रहरीको सयुक्त दंगाका फौजका रुपमा रुपान्तरित भयो ।

रुकुम रोल्पामा माओवादी सोचेको भन्दा धेरै जन्मिएको भन्दै सरकारले यी दुई जिल्ला लगायत माओवादी बढी प्रभाबित जिल्लामा ‘किलो सेरा टु’ सर्च अप्रेसन मार्फत माओवादी सिध्याउने अभियान थालेको थियो । यस क्रममा माओवादीले पनि रुकुम रोल्पालाई जनयुद्धको आधार क्षेत्रको रुपमा लिदै सरकारले लिएको किलो सेरा–टु अप्रेशन असफल बनाउन देशब्यापी धक्कामुलक फौजी कारबाही अभियान चलाएको थियो ।

माओवादी जनसेनाका ३ प्लाटुन गठन गरिएको थियो भने २ नम्बर प्लाटुन रुकुमका प्रहरी चौकी आक्रमणको लागि खटाईको थियो । त्यसमा १ नम्बर प्लाटुनले पनि साथ दिएको थियो ।

हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माओवादी जनसेनाको तर्फबाट ईलाका प्रहरी कार्यालय आक्रमणका कमाण्डर थिए । युद्धचित्रमा माओवादीजनसेनाको तर्फ उनले हाते माईक समाएर आफ्नो सेनालाई काशन गरिरहेको तस्बिर पनि समेटिएको छ ।

घटनाक्रम अनुसार २०५६ असोज ५ गते साँझ माओवादी जनसेनाहरु भूमे प्रहरी कार्यालय आक्रमणको लागि पुग्छन् । आक्रमणबाट माओवादी जनसेनाले सफलता प्राप्त गरे । आफ्नो कुनै क्षतिबिना नैं माओवादी जनसेनाले ईलाका प्रहरी कार्यालय कब्जा गर्न सफल हुन्छन ।

त्यहाँको प्रमुख रहेका डिएसपी ठुले राईसहितका राज्यपक्षका सुरक्षाकर्मीले आत्मसमर्पन गर्छन् । माओवादीले अन्य प्रहरीलाई छाडेर डिएसपि राईलाई युद्धबन्दीको रुपमा गिरफ्तार गरिएको थियो । पछि सरकारबाट पक्राउ परेका माओवादी उच्च नेतालाई छुटाउने सहमतिमा डिएस्पी राईलाई पनि माओवादीले अधिकारकर्मीहरुको रोहभरमा छाडेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : ०७ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र