युद्धलाई देखाएर थालिएको पर्यटन | Khabarhub Khabarhub

युद्धलाई देखाएर थालिएको पर्यटन


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम–युद्ध पर्यटनको विकास र प्रवद्र्धन गर्ने उदेश्यले रुकुम पूर्वको महतमा युद्ध फिचर निर्माण गरिएको छ । विशेषगरी तत्कालिन जनयुद्धको समयमा रुकुमको महतमा रहेको ईलाका प्रहरी चौकी आक्रमण र त्यहाँ रहेका डिएसपी ठूले राईले गरेको आत्मसमर्पणलाई चित्रमा उतारिएको छ ।

भूमे गाउँपालिका ६, महत गाउँमा अवस्थित युद्ध फिचरमा त्यसबेलाको सचित्र प्रस्तुत गरिएको छ । युद्ध फिचरमा जनयुद्धको बेला ईलाका प्रहरी कार्यालय चौकी आक्रमणको दृश्यलाई उतारिएको छ । जसमा आक्रमणको बेला जल्दै गरेको प्रहरी कार्यालय, बाहिरी मोर्चाबाट लड्दै गरेका माओवादी जनसेना, राज्यका तर्फबाट लड्दैगर्दा मारिएका सेना, प्रहरीका ढलेका लास र तत्कालीन डिएसपी ठूले राईले हात उठाएर गरेको आत्मसमर्पणको चित्र पनि देखाईएको छ ।

गाउँपालिकाले बहुवर्षिय योजना अन्र्तगत हालसम्म युद्ध फिचर र अन्य केहि काम भएको छ भने आगामी बर्षहरुमा पनि अन्य विभिन्न पक्ष समेटेर आर्कषक युद्ध पर्यटनको गन्तब्य बनाईने छ । हालसम्म यस कार्यका लागि गाउँपालिकाले २० लाख रकम खर्च गरिसकेको वडा अध्यक्ष देबबहादुर बुढामगरले जानकारी दिए ।

माओवादी सशस्त्रयुद्धका क्रमममा उच्च प्रहरी अधिकृत डिएसपीले नै आत्मसमर्पन गरेको र डएसपीलाई नै माओवादी सेनाले अपहरण गरेर लिएको यो सबैभन्दा ठूलो घटनाको रुपमा लिईन्छ । युद्धका क्रममा निकै दुःख भोगेको महतमा बनाईएको युद्ध फिचरले पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय नागरिकलाई समेत फाईदा पुर्‍याउने विश्वास भूमे गाउँपालिकाको हो । जुन अवलोकनको लागि देश–विदेशबाट पर्यटकहरु आउने अपेक्षा गरिएको छ । स्थानीय अगुवाहरु पर्यटन प्रवद्र्धनमा सबै लागे त्यसले देश र रुकुम दुबैलाई फाइदा पुर्‍याउने बताउँछन् ।

तत्कालिन माओवादीको जनयुद्धक्रममा साबिकको महत गाबिसस्थित बिद्यालयको छात्रबास भवनमा ईलाका प्रहरी कार्यालय बसेको थियो । जुन प्रहरी र शशस्त्र प्रहरीको सयुक्त दंगाका फौजका रुपमा रुपान्तरित भयो ।

रुकुम रोल्पामा माओवादी सोचेको भन्दा धेरै जन्मिएको भन्दै सरकारले यी दुई जिल्ला लगायत माओवादी बढी प्रभाबित जिल्लामा ‘किलो सेरा टु’ सर्च अप्रेसन मार्फत माओवादी सिध्याउने अभियान थालेको थियो । यस क्रममा माओवादीले पनि रुकुम रोल्पालाई जनयुद्धको आधार क्षेत्रको रुपमा लिदै सरकारले लिएको किलो सेरा–टु अप्रेशन असफल बनाउन देशब्यापी धक्कामुलक फौजी कारबाही अभियान चलाएको थियो ।

माओवादी जनसेनाका ३ प्लाटुन गठन गरिएको थियो भने २ नम्बर प्लाटुन रुकुमका प्रहरी चौकी आक्रमणको लागि खटाईको थियो । त्यसमा १ नम्बर प्लाटुनले पनि साथ दिएको थियो ।

हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माओवादी जनसेनाको तर्फबाट ईलाका प्रहरी कार्यालय आक्रमणका कमाण्डर थिए । युद्धचित्रमा माओवादीजनसेनाको तर्फ उनले हाते माईक समाएर आफ्नो सेनालाई काशन गरिरहेको तस्बिर पनि समेटिएको छ ।

घटनाक्रम अनुसार २०५६ असोज ५ गते साँझ माओवादी जनसेनाहरु भूमे प्रहरी कार्यालय आक्रमणको लागि पुग्छन् । आक्रमणबाट माओवादी जनसेनाले सफलता प्राप्त गरे । आफ्नो कुनै क्षतिबिना नैं माओवादी जनसेनाले ईलाका प्रहरी कार्यालय कब्जा गर्न सफल हुन्छन ।

त्यहाँको प्रमुख रहेका डिएसपी ठुले राईसहितका राज्यपक्षका सुरक्षाकर्मीले आत्मसमर्पन गर्छन् । माओवादीले अन्य प्रहरीलाई छाडेर डिएसपि राईलाई युद्धबन्दीको रुपमा गिरफ्तार गरिएको थियो । पछि सरकारबाट पक्राउ परेका माओवादी उच्च नेतालाई छुटाउने सहमतिमा डिएस्पी राईलाई पनि माओवादीले अधिकारकर्मीहरुको रोहभरमा छाडेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : ०७ बजे

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं– आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका

बाम्का बजार आगलागी : सरकारसँग राहतको माग

बाजुरा– बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत