अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए « Khabarhub

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा दुई अमेरिकी सैनिकको ज्यान गएको छ । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका हुन् ।

अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानिस्तानमा अमेरिकी सैनिकको हताहती भएको हो । तालिबानले अमेरिकी सैनिकविरुद्ध आक्रमण गर्दै आएपनि पछिल्लो आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले अफगानिस्तानको भ्रमण गरेको २४ घण्टा नबित्दै अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिएका हुन् ।
अमेरिकाको इतिहासमा नै लामो युद्धको रुपमा रहेको ‘अफगान युद्ध’ अन्त्यको लागि गत सेप्टेम्बरमा पनि अमेरिकाले तालिबान लडाकू समूहलाई वार्तामा ल्याउने कोशिसले गरेको थियो ।

अफगानिस्तानमा युद्धरत तालिबान लडाकू समूह र अमेरिकाबीच आगामी जुन २९ मा कतारको राजधानी दोहामा हुने कार्यक्रम छ ।

अफगानिस्तानमा अझै १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् । ती सैनिकहरु अफगान फौजलाई तालिम र सल्लाहका लागि तैनाथ गरिएको बताइन्छ । अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म करिब एक लाख नेटोआवद्ध अमेरिकी सेना रहेका थिए ।

ती सैनिकहरु सन् २०१४ को अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै आफ्नो देश फर्किएपछि त्यहा करिब १४ हजार नेटोआवद्ध अमेरिकी सैनिक मात्र बाँकी रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ३ : १० बजे

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा